images

May 17 2024 | २०८१, जेठ ४ गते

गभर्नर अधिकारी भन्छन्– डिजिटलाइजेसनको विकल्प छैन 

गभर्नर अधिकारी भन्छन्– डिजिटलाइजेसनको विकल्प छैन 

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस ९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस ९ २०८०
  • गभर्नर अधिकारी भन्छन्– डिजिटलाइजेसनको विकल्प छैन 

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटलाइजेशनको विकल्प नभएको बताएका छन् । आइतबार नेपाल क्लियरिङ हाउसको १५ औँ वार्षिकोत्सव समारोहलाई काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  

    images
    images

    उनले डिजिटलाइजेशनले समाजमा सुशासन ल्याउनदेखि नोटको प्रयोगबाट हुनसक्ने विकृतिहरू हटाउने र अरू खालका विकृतिहरू हटाउँदै लैजाने बताए । उनले डिजिटलाइजेशनले आर्थिक पारदर्शिता बढाउने र आर्थिक प्रणाली अझ बलियो बन्दै जाने दाबी गरे । 

    नेपालमा डिजिटलाइजेशन प्रणालीको बिस्तार बढिरहेको र अहिलेसम्मको प्रगतिबाट गर्व गर्नुपर्ने बताए । आम नागरिकहरू पनि चाँडो भन्दा चाँडो डिजिटल पेमेन्टमा जानुपर्ने बताए ।  उनले फाइनान्सियल क्षेत्र परिवर्तनकारी क्षेत्र भएकाले यसलाई अझ बलियो बनाएर लैजानुपर्ने आवश्यकता रहेको बताए ।

    उनले भने, ‘फाइनान्सियल सेक्टरले धेरै ठूलो परिवर्तन गरेको छ । जसरी नेपालमा राजनीतिक परिवर्तन ठूलो भयो भनिन्छ, भएको पनि छ । त्यसै गरी फाइनान्सियल सेक्टरहरू परिवर्तनकारी सेक्टर हो । हामीले एकदमै स्पष्ट रूपमा देख्न सक्छौँ । हामीले डे टु डे लाइफमा पनि पाइरहेका छौँ । एक खालको इकोसिस्टम हामीले सोचेको भन्दा पनि चाँडो बन्दै गइरहेको छ डिजिटल पेमेन्टमा । हामीले क्यासै बोकेर हिँड्नुपर्दैन अहिले । त्यसमा हामीले गर्व गर्नुपर्छ । हामी सबैको सहयोग छ, आफ्नो ठाउँमा । टु थर्ड हाम्रो पपुलेशन मोबाइल बैङ्किङ युजर हुनुहुन्छ । यो निकै ठूलो परिवर्तन हो । यसलाई हामीले जोगाएर लैजानुपर्छ र यसलाई थप जोड दिनुपर्छ । डिजिटलाइजेशनको अरू विकल्प छैन, यसले समाजमा सुशासन ल्याउँछ, अरू खालका विकृतिहरू हटाउँदै लैजान्छ । क्यास प्रयोग गरेर हुनसक्ने विकृतिहरू यसले घटाउँदै जान्छ । यसले पारदर्शिता बढाउँछ । डिजिटल कारोबार भइराख्दा डेटाबेस बन्दै जान्छ, स्ट्रङ हुँदै जान्छ । कुनै पनि कस्टमरको बारेमा अध्ययन गर्नुपर्दा बैंकलाई काम लाग्छ । हामी जाने यही सिस्टम नै हो, डिजिटलाइजेशन नै हो, लेस क्यास नै हो ।’

    गभर्नर अधिकारीले सबै सरोकारवाला संस्था र क्षेत्रहरू लाग्ने हो भने अरू मुलुकले झैँ समग्र अर्थतन्त्रलाई डिजिटलाइजेशन गर्न सकिने बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट