images

May 17 2024 | २०८१, जेठ ४ गते

टिभी सिरिज ‘डिङ्नो’ निर्माणको घोषणा

टिभी सिरिज ‘डिङ्नो’ निर्माणको घोषणा

एभरेष्ट हेडलाइन्स
आइतबार, माघ ७ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, माघ ७ २०८०
  • टिभी सिरिज ‘डिङ्नो’ निर्माणको घोषणा

    काठमाडौँ । नयाँ टेलिभिजन सिरिज ‘डिङ्नो’ निर्माण हुने भएको छ । शुक्रबार विश्वज्योती हलमा आयोजित पत्रकार सम्मेलनमा सामाजिक कथावस्तुको श्रृंखला ल्याउने जानकारी दिइएको हो ।

    images
    images

    लुम्बिनी प्रदेशको दाङ र आसपासको ग्रामीण परिवेशमा छायांकन गरिने सिरिजले कुना कन्दरा र विदेशको भोगाइलाई चित्रण गर्ने निर्देशक विष्णु बुढाथोकीले बताए । ‘हजारौँ जेहेन्दार, दक्ष नेपाली जनशक्ति दिन प्रतिदिन आफ्नो र परिवारको सपनाको झोला बोकेर बहानामा बिदेशिने लर्को छ । जसको कारण हिजोआज हाम्रो गाउँबस्ती, समाज सहारा बिहिन हुँदै गएका छन् । यिनै बिषयलाई उठाएर टेलिश्रृंखला देखाउने प्रयास गर्नेछौं’ निर्देशक बुढाथोकीले भने । यो सिरिज प्रत्येक सोमबार हिमालय टेलिभिजनमा ८ देखी ९ बजेसम्म प्रसारण हुनेछ । यसमा कुलदिप अधिकारी, रोशनी कार्की, जेबी डिसी, बिष्णु बुढाथोकी, पूर्णबहादुर गन्धर्व, सरिता कठायत, सुप्रभा अधिकारी, आकुशा श्रेष्ठ, सन्दिप वस्ती लगायतका कलाकारको अभिनय हुनेछ ।

    योगेश काजीको शीर्षगीत रहेको टेलिश्रृंखलामा अंकुर गुरुङको छायांकन, पूर्णबहादुर गन्धर्वको पटकथा तथा संवाद छ । सन्जिव कार्कीको सहायक निर्देशन, आनन्द पुन र बसन्त बुढाथोकी कार्यकारी निर्माण र शैलेश खत्री निर्मातामा छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार