images

May 17 2024 | २०८१, जेठ ४ गते

कमेडी च्याम्पियन सिजन ३ मा जोडिएका बिज्ञापनदाता र एडी रिलिजबिच सम्झौता

कमेडी च्याम्पियन सिजन ३ मा जोडिएका बिज्ञापनदाता र एडी रिलिजबिच सम्झौता

एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ ११ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ ११ २०८०
  • कमेडी च्याम्पियन सिजन ३ मा जोडिएका बिज्ञापनदाता र एडी रिलिजबिच  सम्झौता

    काठमाडौँ । नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सीजन फाल्गुण ३ र ४ गतेबाट निरन्तर प्रसारण हुनेछ । होटल याक एण्ड यतिमा बुधबार आयोजित कार्यक्रमा एडी रिलिज ग्रुपका अध्यक्ष हरिशरण सुबेदी र , कान्तिपुर टेलिभिजनका सिइयो शिशिर पछाईबिच सम्झौता भएको छ ।

    images
    images

    डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य र एडी रिलिज बीच कार्यक्रमको पावर्ड बाई क्याटेगोरीमा सम्झौता भएको छ । आईएमई लाईफ इन्श्योरेंसका सिइयो कबि फुयाल र एडी रिलिज बीच पनि पावर्ड बाई क्याटेगोरीमा प्रबर्दन गर्ने सम्झौता भएको छ । यसैगरी सपोर्टेड बाई क्याटेगोरीमा केडिया अर्गनाइजेसनका हेड कर्पोरेट ब्रान्डीङ्ग राज कुमार शाह र एडी रिलिज बीच पनि सम्झौता भएको छ । 

    पेन्ट्स पार्टनरमा महालक्ष्मी पेन्ट्स संग सम्झौता भएको छ। स्किन केयर पार्टनरमा जोय पपैया सनका कन्ट्री मेनेजर मदन रौनियार र एडी रिलिज बीच हस्ताक्षर भएको छ । फुटवयर पार्टनरमा गोल्डस्टार सुजका हेड मार्केटिंग एण्ड सेल्स, इरज श्रेष्ठ र एडी रिलिज बीच सम्झौता भएको छ । यसैगरी एशोसियट पार्टनरशीपमा दुगर ग्रुपका हेड मार्केटिंग एण्ड ब्रान्डीङ्ग उपेन्द्र सिग्देल र रिलिज बीच सम्झौता भएको छ । हेयरकियर पार्टनरमा श्रीकेश हेयर ओइलका प्रबन्ध निर्देशक टिका बुढाथोकी र रिलिज बीच पनि सम्झौता भएको छ । बिभिन्न क्याटेगोरीमा कमेडी च्याम्पियन सिजन-३ मा व्यवसायिक साझेदारी गर्ने सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
     

    उक्त कार्यक्रममा बोल्दै अध्यक्ष सुबेदीले बजारमा राम्रो टेलिभिजन कार्याक्रम ल्याएको र सहकार्य गर्ने ब्राण्डका प्रतिनिधिलाई धन्यवाद दिएका थिए । उनले सहकार्य निरन्तर रहेकोमा आभार व्यक्त गरे ।  उक्त कार्यक्रममा थ्री प्रोडक्सनका प्रबन्ध निर्देशक बिशाल भण्डारीले कार्यक्रम बिगतको भन्दा भब्य हुने बताए । साथै उनले एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिशेसका प्रतिनिधि, भोटिंग पार्टनर खल्तीका सीयमओ अभिनाश गुप्ता, डिभान युनिसेक्स सलुनकी प्रबन्ध निर्देशक सगुन पाण्डे,  वार्डरोब पार्टनर त्रिशुलका प्रबन्ध निर्देशक राजन कंशाकार बीच सम्झौतामा हस्ताक्षर भएको छ ।

    कार्यक्रममा बोल्दै कान्तिपुर टेलिभिजनका सी ई ओ शिशिर पछाइले कान्तिपुरले कार्यक्रम प्रबर्दनका दौरान स्तरियतामा ध्यान दिदै बिज्ञापनदातालाई ढुक्क हुन आग्रह गरे। बिगतका सिजनको लोकप्रियता र बिबादबारे पत्रकारको जिज्ञासामा टेलिभिजनका कार्यक्रम प्रमुख सुरज सिंह ठकुरीले उत्पादन टिम प्रति आफ्नो बिस्वास रहेको र समुदाय, परिवार र धर्म, बर्ग, लिङ्गको आधारमा विभेद हुने कन्टेन्टमा आफु सिरियस भएको र संगै कम्तिमा परिवार संगै बसेर हेर्न सकिने समाजलाई पाच्य हुने बिषयबस्तु कार्यक्रममा आउने बिश्वास व्यक्त गरे ।

    चर्चित ब्राण्डहरुको प्रायोजनमा प्रसारणमा आउन लागेको कमेडी च्याम्पियन सिजन ३ को जजहरुमा चर्चित हाँस्य कलाकारद्वय सन्तोष पन्त र मनोज गजुरेलका साथै चर्चित अभिनेत्री ऋचा शर्मा तथा सफल युवा निर्देशक प्रदीप भट्टराईले नै निरन्तरता पाएका छन् भने कार्यक्रम प्रस्तोतामा पनि रीमा विश्वकर्मालाई मेक्सम गौंडेलले नै साथ दिनेछन् । यस सीजनका विजेताले पनि नगद रु २५ लाख तथा सोहि बराबरको गाडि जित्नेछन भने टेलिभिजनको प्रशारण सकिने बित्तिकै ओयसआर रियालिटीमा यो कार्यक्रम हेर्न सकिनेछ। डिजिटल अडिशनबाट हजारौं आवेदकमध्ये १३२ जनालाई प्री–जजीङका लागि बोलाएर तीमध्ये ७६ जनालाई फिजिकल अडिशन राउन्डमा बोलाईएको थियो ।        

    पहिलो सीजनमा हिमेश पन्त, सुमन कार्की लगायत दलेदाईको उत्कृष्ट प्रस्तुतिबाट सबको मनमस्तिष्कमा राज गर्न सफल भएको यो कार्यक्रमले दोस्रो सिजनमा भरतमणिको “पारस” र “घरबेटि” तथा सन्तोष थापाको “नेपाली टीचर” र बिक्की अग्रवालको पान्टोमाईमले कार्यक्रमलाई झनै यादगार बनाएको थियो ।

    तेस्रो सीजनमा उमेरको हिसाबले १३ वर्षकी बालिकादेखि केहि सिनियर सिटिजनसम्म, तराई मूलका देखि कालिकोटबाट तथा अमेरिकादेखि आएका प्रतिस्पर्धीसम्म, यी नयाँ कमेडियनहरुको प्रस्तुती हेर्न तथा पेट मिची मिची हाँस्न पाउनेछ। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट