images

May 17 2024 | २०८१, जेठ ४ गते

गतिशिल सहकार्यले बन्यो आइ एम द सुपरस्टार

गतिशिल सहकार्यले बन्यो आइ एम द सुपरस्टार

एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ २३ २०८०
  • गतिशिल सहकार्यले बन्यो आइ एम द सुपरस्टार

    काठमाडौँ । गायिका सोना अमात्यले चर्चित -यापर गिरिश खतिवडा र तिब्र -यापरको पहिचान बनाएका बुलेट फ्लोसँग सहकार्य गर्दै गीत ‘आइ एम द सुपरस्टार सार्वजनिक गरेकी छन् । 

    images
    images

    गीतमा सुरज विक्रम थापा(बुलेट फ्लो) र गिरिश खतिवडाको शब्द र संगीत दिँदा गिरिश र ओ२एमएल(पीग इ प्रोड)ले प्रतिध्वनि दिने ताल निकालेका छन् ।

    मुम्बईमा कहलिएका निर्देशक विशाल खरातको निर्देशन रहेको भिडियोमा उनले कथावाचनलाई उत्कृष्ट रुपले पस्केका छन् । छायाँकार आलोक शुक्लाले दृश्यलाई उत्कृष्ट रुपले खिच्दा त्यसको काँटछाटमा विशालले आफ्नो कला देखाएका छन् । भिसी स्टुडियो, मुम्बईले अनलाइन मेनेज गरेको भिडियोको ग्रेडिङ सीएएच४ स्टुडियोले गरेको छ ।

    गीतमा निर्माण डिजाइन, प्रकाश र मेकअपमा क्रमशः इश्वर बल्लभ उप्रेती, इन्द्रलाल श्रेष्ठ, विना पाण्डे तथा कोरियोग्राफर प्रशान्त तामाङ र इश्वर बल्लभ उप्रेतीलगायतको सहकार्य छ । सोना विशेषत पप, लोक, शास्त्रीय, आधुनिक गायनमा परिचित छिन् । 

    गीतको कथाले सबै भित्रको जन्मजात सुपरस्टारलाई जोड दिएको छ । गीतले श्रोतामाझ प्रतिध्वनि गर्नेमा गायिका सोना विश्वस्त छिन् ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट