images

May 17 2024 | २०८१, जेठ ४ गते

‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ प्रदर्शनमा

‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ प्रदर्शनमा

एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन १८ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन १८ २०८०
  • ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ प्रदर्शनमा

    काठमाडौँ । आजदेखि ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ को सार्वजनिक प्रदर्शन सुरु भएको छ । हिन्दू धर्मका सप्तऋषिमध्येका एक अगस्त्यको नामबाट जुराइएको शीर्षकमै रहेर तयार पारिएको चलचित्रमा लेखन तथा निर्देशक सौरभ चौधरीले गरेका छन् । उनले चलचित्रका पात्रहरू अगस्त्य ऋषि झैँ शारीरिक र मानसिकरुपमा बलिया रहेको जानकारी दिए । 

    images
    images

    “यो हाम्रो समाजको नभनिएको कथा हो । मेरो प्रस्तुतिको शैली विदेशी चलचित्रको झैँ देखिए पनि यसको विषयवस्तुमा धेरै भिन्नता छ । हामीले समाजमा देखिरहेको तर पर्दामा नदेखेको कथा हो”, निर्देशक चौधरीले भने । 

    चलचित्रमा अभिनेता सौगात मल्लले निर्वाह गर्नुभएको भूमिका चर्चामा छ । उनले चलचित्रका लागि २० किलो तौल घटाएर फेरि बढाएका थिए ।

    “मलाई शारीरिकरुपमा तयार गर्न समस्या छैन । मैले चार महिना अगाडि नै अन्य चलचित्रको छायाङ्कनमा खानपिनमा ध्यान दिए । तर मलाई मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई पर्दामा ल्याउन गाह्रो भयो । त्यसका लागि त्यस्तै किसिमको पात्र खोजेर दिनचर्या नियालेर भूमिका निर्वाह गरे”, अभिनेता मल्लले भने । 

    चलचित्रमा नाजिर हुसेन, प्रमोद अग्रहरि, रवीन्द्र झा, मलिका महतलगायत कलाकारले अभिनय गरेका छन्। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट