images

May 02 2024 | २०८१, वैशाख २० गते

च्याटजीपीटीको निर्माता ओपन एआई बिरुद्ध एलन मस्कले हाले मुद्दा

च्याटजीपीटीको निर्माता ओपन एआई बिरुद्ध एलन मस्कले हाले मुद्दा

एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन २० २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन २० २०८०
  • च्याटजीपीटीको निर्माता ओपन एआई बिरुद्ध एलन मस्कले हाले मुद्दा

    काठमाडौँ । अर्बपति उद्यमी एलन मस्कले च्याटजीपीटी निर्माता कम्पनी ओपन एआई र त्यसका सीईओ साम अल्टम्यान विरुद्ध मुद्दा दायर गरेका छन् । गैरनाफामुखी तथा मानवीय हितका लागि काम गर्ने भनेर स्थापना गरेको स्टार्अप कम्पनी नाफामुखी बनेको भन्दै मस्कले बिहीबार सान फ्रान्सिस्को स्थित क्यालिफोर्निया सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । 

    images
    images

    मस्क ओपन एआईका सह-सहसंस्थापक पनि हुन् । मस्कसहित ग्रेग ब्रोकम्यान, साम अल्टम्यान, पिटर थाइल, रेड होफम्यान जेसिका लिभिङस्टनले यो कम्पनी स्थापना गरेका थिए । पछि एलन मस्कसहित अन्य सह-संस्थापकहरू प्रत्यक्ष भूमिकाबाट बाहिरिएर आर्थिक रूपमा सहयोग गर्दै आएका थिए । तर, पछिल्लो समय ओपन एआई जेनेरेटिभ एआईमा केन्द्रित भएसँगै ठूलो लगानी आवश्यक परेको थियो । त्यस्तोमा माइक्रोसफ्टले ओपन एआईमा फन्डिङ गरेको थियो । सन् २०१५ ताका सुरुवाती चरणमा सह-संस्थापक ग्रेग ब्रोकम्यान र साम अल्टम्यानसँग ओपन एआई ओपन सोर्स र गैर नाफामुखी बनाउने सम्झौता भए पनि पछिल्लो समय ओपन एआई मानविय सेवामा कम र नाफामा बढी केन्द्रित भएको मस्कको आरोप छ ।

    हुन त मस्क पनि पछिल्लो समय आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप एक्सएआईमा केन्द्रित छन् । मस्कले उजुरीमा भनेका छन्, “तीन संस्थापकहरू मूल रूपमा आर्टिफिसियल जनरल इन्टेलिजेन्स  (AGI)  मा काम गर्न सहमत भएका थिए । यो यस्तो अवधारणा हो जहाँ मेसिनले मानिसले जस्तै काम गर्छ ।” ओपन एआई गुगलको प्रतिद्वन्द्वीका रूपमा काम गर्न खोजिरहेको छ । त्यसैले नाफाका लागि ओपन एआई एजीआई विकासमा काम गरिरहेको र त्यसले भविष्यमा विभिन्न किसिमका जोखिम निम्त्याउने मस्कको भनाइ छ । 

    मस्कले यस कम्पनीको रिसर्च र अन्य प्रविधि सार्वजनिक रूपमा उपलब्ध गराउनुपर्ने उनको माग छ । त्यस्तै कुनै व्यक्ति वा माइक्रोसफ्टले आर्थिक नाफा लिनबाट रोक्न कम्पनीलाई जीपीटी फोर र अन्य सम्पत्ति प्रयोग गर्नबाट रोक्नुपर्ने मस्कले माग राखेका छन् । 

    रोयटर्सका अनुसार मस्कले कम्पनीप्रति लगाएका कैयौं आरोप ओपन एआईमा प्रमुख कार्यकारीहरूले अस्वीकार गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट