images

May 17 2024 | २०८१, जेठ ४ गते

उद्योगमन्त्री भण्डारी र तिब्बत जनसरकारका उपाध्यक्ष फुकुआनबीच भेटवार्ता

उद्योगमन्त्री भण्डारी र तिब्बत जनसरकारका उपाध्यक्ष फुकुआनबीच भेटवार्ता

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख १८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख १८ २०८१
  • उद्योगमन्त्री भण्डारी र तिब्बत जनसरकारका उपाध्यक्ष फुकुआनबीच भेटवार्ता

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारका उपाध्यक्ष महामहिम लाङ फुकुआनबीच भेटवार्ता भएको छ ।

    images
    images

    सिंहदरबारस्थित उद्योग मन्त्रालयमा भएको भेटमा उद्योगमन्त्री भण्डारीले नेपाल र चीनको तिब्बत क्षेत्रबीचको सम्बन्ध हिमाल र नदीहरूबाट जोडिएको भन्दै २ देशको कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा पहिलेदेखि नै विभिन्न तह तथा क्षेत्रमा सम्बन्ध एवं सहकार्य रहँदै आएको धारणा राखे । उनले नेपाल एक चीन नीति तथा चीनको शान्ति, स्थायित्व एवं विकासलाई प्रवद्र्धन गर्ने आफ्नो समर्पणप्रति प्रतिबद्ध रहेको बताए ।

    भेटमा मन्त्री भण्डारीले नेपालले बीआरआईमा सहकार्य गर्दै आएको भन्दै यसअन्र्तगत भौतिक पूर्वाधार विकास तथा अन्तरआवद्धताका विविध क्षेत्रमा लाभ लिन नेपाल प्रयासरत रहेको धारणा राखे ।

    उनले नेपाली उत्पादनहरूको चीनमा सहज पहुँच, दुवै देशका व्यापारिक विन्दुलाई व्यवस्थित गर्ने, चीनको भन्सार र क्वारेन्टिन प्रक्रियाबारे नेपाली निर्यातकर्ताहरूलाई चीन सरकारबाट सहजीकरण गरिदिन समेत भेटमा आग्रह गरेका छन् ।

    ‘नेपालसँग सीमाना जोडिएका चीनको सिजाङका प्रमुख भन्सार बिन्दुहरूमा चेकजाँच गर्ने प्रयोगशालाको सुविधा चीनबाट हुन सकेको खण्डमा नेपाली वस्तुहरूको चिनियाँ बजारमा पहुुँच विस्तारलाई अझै सहज र सरल बनाउने विश्वास मैले लिएको छु,’ भेटमा मन्त्री भण्डारीले भने ।

    भेटमा तिब्बत जनसरकारका उपाध्यक्ष लाङ फुकुआनले नेपाल सरकारले सफलतापूर्वक लगानी सम्मेलन सम्पन्न गरेकोमा बधाई दिँदै चिनियाँ लगानीकर्ताहरू नेपालमा लगानीका लागि इच्छुक रहेको धारणा राखे । उनले नेपाल र चीनबीच पछिल्लो समय उच्चस्तरीय द्विपक्षीय भ्रमणहरू भएको बताउँदै उनले २ देशको सम्बन्ध मजबुत गर्न सहयोग पुग्ने बताए ।

    उपाध्यक्ष फुकुआनलले मन्त्री भण्डारीले उठाएका विषयहरू समाधान गर्न प्रयास गर्ने भन्दै चीन सामूहिक हित र समृद्धिका लागि नेपालसँग मिलेर काम गर्न इच्छुक रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट