images

May 17 2024 | २०८१, जेठ ४ गते

उपत्यका प्रहरीद्वारा आगलागीसम्बन्धी १२ बुँदे अनुरोध सार्वजनिक

उपत्यका प्रहरीद्वारा आगलागीसम्बन्धी १२ बुँदे अनुरोध सार्वजनिक

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख १८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख १८ २०८१
  • उपत्यका प्रहरीद्वारा आगलागीसम्बन्धी १२ बुँदे अनुरोध सार्वजनिक

    काठमाडौँ । सुक्खा समयमा आगलागी भई जनधनको ठूलो क्षति हुने गरेको स्मरण गराउँदै काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सर्वसाधारणमा १२ बुँदे अनुरोध सार्वजनिक गरेको छ । 

    images
    images

    चैत, वैशाख र जेठ महिनामा सुक्खा मौसम हुने, हावाहुरी चल्ने, घर, पसल, कार्यालय र वनलगायत विगतका वर्षमा धेरै जनधनको क्षति भएकाले त्यसतर्फ नागरिकलाई सावधानी अपनाउनका लागि सार्वजनिक अपिल गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले बताए । उपत्यका प्रहरीले आगो उत्पन्न हुने सलाइ, लाइटर, ग्यास सिलिन्डर र चुल्हो बालबालिकाबाट टाढै राख्न, होसियारीपूर्वक प्रयोग गर्न तथा काम सकिएपछि सुरक्षितस्थानमा राख्न पनि अनुरोध गरेको छ । 

    प्रहरीले विद्युत्जन्य सामग्री (हिटर, गिजर, पङ्खा, आइरन, एसीआदि) लाई काम सकिएपछि बन्द गर्न, एउटा पावर सकेटबाट धेरै पावर चाहिने उपकरण प्रयोग नगर्न, घरमा आगो निभाउने उपकरण राखी परिवारका सदस्यहरुलाई प्रयोग गर्ने तरिका सिकाउन, पूजा कोठामा सिन्के र बाटेको धूप, भान्सामा कोइला, लामखुट्टे भगाउन क्वाइल बालेर छाड्नेजस्ता कार्य नगर्न अनुरोध गरेको छ । 

    यस्तै, आगालागी वा धुवाँ भएको स्थानबाट बाहिर निस्कनुपर्दा घोप्टो परेर निस्कन, ग्यास सिलिन्डरमा आगो लागेमा जुटको बोरा वा ब्ल्याङ्केटले सिलिन्डरलाई घ्वाप्प छोप्न र ग्यास चुल्हो बाल्नु अगाडि भान्साको झ्याल, ढोका खोली ग्यास लिक भए, नभएको यकिन गरेर मात्र प्रयोग गर्न पनि प्रहरीले आग्रह गरेको छ ।

    गाईवस्तु चरणका निम्ति राम्रो हुन्छ भनी वनमा डढेलो लगाउने कार्य नगर्न, वनमा पिकनिक गर्दा बालेको आगो र गाईबाख्रा चराउन जाँदा चुरोटका ठुटा पूर्णरुपमा निभाउन पनि प्रहरीले सचेत गराएको छ । प्रहरीले आगालागी भएको जानकारी हुनासाथ प्रहरी कन्ट्रोल १०० र दमकल सेवा १०१ मा जानकारी गराउन अनुरोध गर्दै आगालागी भएमा आफूलाई बचाएर अरूलाई जोगाउन भनेको छ । त्यस्ता विपद्जन्य घटना हुन नदिन र भई हालेमा पनि कमभन्दा कम क्षतिमा नियन्त्रणका लागि नेपाल प्रहरी प्रयासरत रहेको जानकारी गराउँदै एआइजी थापाले उक्त कार्यमा जनस्तरबाटै उच्चस्तरको सहयोगको अपेक्षा पनि राखेको बताए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट