images

May 17 2024 | २०८१, जेठ ४ गते

जेठ २ भित्र छात्रवृत्तिको सम्पूर्ण विवरण पठाउन बालेनको निर्देशन

जेठ २ भित्र छात्रवृत्तिको सम्पूर्ण विवरण पठाउन बालेनको निर्देशन

एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख २० २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख २० २०८१
  • जेठ २ भित्र छात्रवृत्तिको सम्पूर्ण विवरण पठाउन बालेनको निर्देशन

    काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जेठ २ गतेभित्र छात्रवृत्तिको सम्पूर्ण विवरण पठाउन सबै संस्थागत विद्यालयहरूलाई निर्देशन दिएका छन्। उनले सामाजिक सञ्जालबाट शैक्षिक सत्र २०८१ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको सम्पूर्ण विवरण पठाउन निर्देशन दिएका हुन्।

    images
    images

    उनका अनुसार एउटामा कक्षागत रूपमा जम्मा विद्यार्थी भर्ना संख्या र १० प्रतिशतले हुन आउने कक्षागत छात्रवृत्ति संख्या तथा अर्को फर्ममा छात्रवृत्ति पाउने सम्पूर्ण विद्यार्थीहरूको विवरण भर्नुपर्ने छ।

    यदि नियमअनुसार विवरण पेस नगरेमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही गरिने उनको चेतावनी छ।

    काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा छात्रवृत्ति तथा निःशुल्क शिक्षासम्बन्धी व्यवस्था रहेको छ। सोही कानुनको आधारमा गत वर्ष ४६५ विद्यालयबाट १३ हजारभन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेको उनले जानकारी दिए। विद्यमान कानुनी प्रबन्ध कार्यान्वयन गर्दा यी १३ हजार विद्यार्थी भाइबहिनीले छात्रवृत्ति पाएको उनको भनाइ छ। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट