Sep 19 2024 | २०८१, असोज ३ गते

हिताचीको माईक्रोवेभ ओभन चार भेरियन्टसहित नेपाली बजारमा

हिताचीको माईक्रोवेभ ओभन चार भेरियन्टसहित नेपाली बजारमा

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक २७ २०७९
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक २७ २०७९
  • हिताचीको माईक्रोवेभ ओभन चार भेरियन्टसहित नेपाली बजारमा

    काठमाडौं । युनिभर्सल इलेक्ट्रोकमले नेपाली बजारमा हिताची माइक्रोवेभ ओभनका नयाँ उत्पादन सार्वजनिक गरेको छ ।

    images
    images

    चार भेरियन्टका साथउपलब्ध माइक्रोवेभ ओभनका नयाँ श्रृङ्खलाहरुमा–२३ लिटरको डिजिटल ग्रिल माइक्रोवेभ ओभन, २० लिटरको डिजिटल ग्रिल माइक्रोवेभ ओभन, २० लिटरको मेकानिकल माइक्रोवेभ ओभन र डिसेम्बर २०२२ सम्ममाचौथो भेरियन्ट ३२ लिटरको कन्भेक्सन माइक्रोवेभ ओभन नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

    हिताचीको उच्च श्रेणीको माइक्रोवेभ ओभनहरूले उपभोक्ताहरूलाई स्वस्थ जीवनको फाइदाहरू र सहजै फ्याट, नुन र क्यालोरी घटाउने नवोत्पाद सुविधा प्रदान गर्ने दाबी गरिएको छ। साथै हिताचीले यी माइक्रो ओभनमा एक वर्षको पूर्ण वारेन्टी र माग्नेट्रोनमा पाँच वर्षको वारेन्टी प्रदान गरेको छ। 

    यस्ता छन् नयाँ माइक्रोवेभ ओभन

    डिजिटल ग्रिल माइक्रोवेभ ओभनः

    डिजिटल ग्रिल माइक्रोवेभ ओभनकादुई मोडल HMR–DG2312 र HMR-DG2012ओभनक्षमता २३ लि.र २० लि मा उपलब्ध छ ।

    HMR–DG2312 -23L_मापुल–ओपन मिरर ग्लास फ्रन्ट डोर र आईनोसफ्रेम ह्यान्डलको साथआधुनिक र सुविधाजनक डिजाइन समावेश गरिएको छ। यसको डिजिटल डिस्प्ले प्यानल प्रयोग गर्न सजिलो छ। किनकि यसमा बारम्बार प्रयोग हुने कार्यहरूको सूचि समावेश गरिएको छ।

    यसमाग्लास ट्रे र ग्रिलर्‍याक छ। ५ माइक्रोवेभ लेभल– ८ प्रि–सेट कुकिंग मेनु, समय र तौल अनुसार डिफ्रोस्ट, मल्टी–स्टेज कुकिंग, माइक्रोवेभ कुकिंग, ग्रिलकुकिंग, अटो रिहिट आदिको साथमा मल्टिफङ्शनल छ। यसको ८ प्रि–सेट अटो–कुक मेनुले समय बचत गर्न मद्दत गर्छ। भान्साकोठा र खानाको लागिपकाउने समय स्वचालित रूपमा सेट गरेर निरीक्षण गर्न आवश्यक पर्दैन।

    HMR-DG2012(२० लि.)माकम्प्याक्ट डिजाइन र घडीको साथ ठूलो डिजिटल एलईडी डिस्प्ले जडान छ। यसको ग्लास फ्रन्ट डोर, ग्लास ट्रे प्रयोग गर्न र सफागर्न सहज छ ।यसमा ६ माइक्रोवेभ लेभल, वन टच ९ अटो कुकिंगप्रि–सेट, माइक्रोवेभ कुकिङ, ग्रिलकुकिङ, वजनद्वारा डिफ्रोस्ट र समय, अटो रिहिट, चाइल्ड सेफ्टी लक, मल्टिस्टेज कुकिङ, क्विक स्टार्ट आदी जस्ता उत्कृष्ट सुविधाहरू छन्।

    हिताची डिजिटल माइक्रोवेभ ओभनले एकै समयमा ग्रिल र माइक्रोवेभको संयोजनमा कार्यहरू गर्दछ जसले खानालाई स्वादिष्ट र क्रिस्पी बनाउनुका साथै भान्साको बहुमूल्य समय बचत गर्दछ। यसबाहेक, यी नवीन माइक्रोवेभ ओभनहरू क्रमशःकालो र सिल्भर कलरमा उपलब्ध छन्।

    मेकानिकलमाइक्रोवेभ ओभनः

    मेकानिकल माइक्रोवेभ ओभन–मोडेल कोड HMR–M2002 २० लि. ओभन क्षमतामा उपलब्ध छ। यो कम्प्याक्ट डिजाइनमा उपलब्ध भएकाले सानो, शक्तिशाली र कुशलहुनुका साथै भान्साको ठाउँ धेरै आगट्दैन। यो मेकानिकल माइक्रोवेभ ओभन सञ्चालन गर्न सजिलो छ। त्यसैले यो प्रयोगकर्तामैत्री छ। यसले पुनःतताउने कार्य छिटो र सहज रूपमा खानालाई डिफ्रोस्ट गर्ने सुविधा दिन्छ। यसमा सजिलै सफा गर्नको लागि ग्लास ट्रेको साथ मेकानिकल कन्ट्रोल प्रणाली राखिएको छ। यो किफायती मूल्य र कालो रंगमा उपलब्ध छ।

    कन्भेक्सनमाइक्रोवेभ ओभनः

    कन्भेक्सनमाइक्रोवेभ Model code HMR–DC321232L ३२ लि.ओभन क्षमता डिसेम्बर २०२२ सम्ममा उपलब्ध हुनेछ। यो अगाडिको बाहिरी भागमा स्टेनलेस स्टीलका साथ आधुनिक टच र सजिलै सफा गर्न, मिरर ग्लास र  स्टेनलेस स्टील क्याभिटीेका साथ डिजाइन गरिएकोे छ। माइक्रोवेभ र कन्भेक्सन कार्यको संयोजनले खाना पकाउने प्रक्रियालाई गति दिन मद्दत गर्दछ।

    यसमा ग्लास ट्रे र बेक ट्रे समावेश छ। यसले साधारण कन्ट्रोल प्यानलको साथ, क्विक स्टार्ट, प्रि–सेट कुकिंग, माइक्रोवेभ र ग्रिलकुकिङ, तौल र समय अनुसार डिफ्रोस्ट, स्वतः पुनः तताउने, अटो कुकिङ मेनु, चाइल्ड सेफ्टी लक, र मल्टि–स्टेज कुकिङ लगायत उत्कृष्ट कार्यक्षमता प्रदान गर्दछ। स्वतः कुक मेनुले प्रिसेटहरुको कार्यहरू प्रदान गर्दछ जसले खानाको लागि स्वचालित रूपमा पकाउने समय सेट गरेर समय बचत गर्न मद्दत गर्दछ।

     यी प्राविधिक रूपमा उच्च माइक्रोवेभ ओभनहरूले खाना पकाउने समय कम, भित्रसम्मै तातो र समान रूपमा सबै पोषण मूल्यहरू सुरक्षित छन् भनी सुनिश्चित गर्दछ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट