Jan 31 2025 | २०८१, माघ १८ गते

images
images

लेखापरीक्षण क्षेत्रका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट नै सचेत हुनुपर्ने : प्रा डा केशरजङ्ग बराल

लेखापरीक्षण क्षेत्रका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट नै सचेत हुनुपर्ने : प्रा डा केशरजङ्ग बराल

एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ १७ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ १७ २०८१
  • लेखापरीक्षण क्षेत्रका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट नै सचेत हुनुपर्ने  :  प्रा डा केशरजङ्ग बराल

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालले लेखापरीक्षण क्षेत्रमा देखिएका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट स्वयम् सचेत हुनुपर्नेमा जोड दिएका छन् । 

    images
    images
    images

    नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले आज यहाँ आयोजना गरेको सातौँ दीक्षान्त समारोहमा उनले पेसागत धर्म पालना तथा लेखा व्यवसायका सम्बन्धमा सामाजिक मान्यता र विश्वास अभिवृद्धि गर्न चार्टर्ड एकाउन्टेन्ट लाग्नुपर्ने बताए ।
     
    “विकासका लागि सुशासन महत्वपूर्ण छ, दीक्षित विद्यार्थीले पेसाप्रति निष्ठावान् रही मुलुकको विकासमा सघाउन प्रतिबद्धता गर्नुपर्छ”, उपकुलपति बरालले भने, “सीमित स्रोतसाधनको सही उपयोग र परिचालन गर्न लेखा परीक्षणको भूमिका महत्वपूर्ण हुन्छ ।”

    संस्थाका अध्यक्ष प्रवीनकुमार झाले इमान्दार र आचारसंहिताको पूर्णपालना गरेर काम गर्न दीक्षित विद्यार्थीलाई आग्रह गरे । सो अवसरमा उपकुलपति बरालले दीक्षित चार्टर्ड एकाउन्टेन्टलाई शपथ ग्रहण गराएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट