Sep 19 2024 | २०८१, असोज ३ गते

चोरीको मोटरसाईकलसहित २ जना पक्राउ

चोरीको मोटरसाईकलसहित २ जना पक्राउ

एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर १६ २०७९
एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर १६ २०७९
  • चोरीको मोटरसाईकलसहित २ जना पक्राउ

    भक्तपुर । भक्तपुरको डोलेश्वरबाट चोरीको दुई वटा मोटरसाइकल सहित  काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिका ३ घर भई हाल भक्तपुको डोलेश्वर बस्ने लोप्साङ तामाङ र सोही स्थानका आदर्श लामालाई पक्राउ गरिएको छ ।  

    images
    images

    मकवानपुरको हेटौडा उपमहानगरपालिका १६ बस्ने देवलाल थिङले थापाथलीस्थित राष्ट्रिय बाणिज्य बैङक पछाडीबाट बास्तविक नम्बर बागमती प्रदेश ०२-०२० प ०१ ३१ नम्बरको मोटरसाइकल र काठमाडौँकै टोखा नगरपालिका ३ बस्ने सुर्यलाल डङ्गोलले टोखा त्वापचा स्थित पार्किङमा बास्तविक नम्बर बाग्मती प्रदेश ०२ -०२९ प २७२१ नम्बरको मोटरसाइकल चोरी भएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । 

    निवेदनका आधारमा चोरी भएका दुवै मोटरसाइकल खोजी गर्दा बाग्मती प्रदेश ०२- ०२० प ०१ ३१ नम्बरको मोटरसाइकलमा,बाग्मती प्रदेश ०२- ०१९प २८ ०९ मा परिवर्तन गरेको अवस्थामा तामाङलाई र लामालाई बाग्मती प्रदेश ०२ -०२९ प २७ २१ नम्बरको मोटरसाइकलमा,बागमती प्रदेश ०२- ०३५प २२ ६५ नम्बरमा परविर्तन गरी चलाउँदै गरेको अवस्थामा भक्तपुरको डोलेश्वरबाट बुधबार नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका उनीहरुलाई चोरीको मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि सम्बन्धित वृत्तहरुमा बुझाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार