चौथो तलाबाट खसेर मृत्यु
चौथो तलाबाट खसेर मृत्यु
भक्तपुर । मध्यपुर थिमि नगरपालिका–६ मिलरोडमा घरको चौथो तलाबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भुवन श्रेष्ठका १७ वर्षीय छोरा भुमिल लाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
बिहीबार साँझ साढे ६ बजे उनी छिमेकीको घरको कम्पाउण्डमा खसेका थिए । उनको नागरिक अस्पताल थिमिमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।