अवैध लागूऔषधसहित एकै दिनमा ८ जना पक्राउ
अवैध लागूऔषधसहित एकै दिनमा ८ जना पक्राउ
काठमाडौं । मोरङ, विराटनगर महानगरपालिका-१५ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ३५ मिलिग्राम सहित बेलबारी नगरपालिका-२ बस्ने २४ वर्षीय पासाङ तामाङसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी (पूर्व), कावासोती नगरपालिका-१६ चालिसकिलो जंगलस्थित सडकबाट नियन्त्रित लागूऔषध नुर्फिन १० एम्पुल, फेनारागन १० एम्पुल र डाईजोपाम १० एम्पुल सहित सोही नगरपालिका-३ बस्ने २४ वर्षीय सागर विकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले ना.५ ख ८८८८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ खत्रीटोल बस्ने ३६ वर्षीया शारदा अधिकारीलाई अवैध लागूऔषध ब्राउनसुगर करिब ९ सय १० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम सहित वर्दगोरिया गाउँपालिका-६ जगतपुर बस्ने ३० वर्षीय राजकुमार चौधरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
धादिङ, गजुरी गाउँपालिका-६ पोखरेखोलाबाट अवैध लागूऔषध गाँजा करिब १ किलो सहित कपिलबस्तु बाडगंङगा नगरपालिका-१ बस्ने ४० वर्षीय दिवस सुनार समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, लालझाडी गाउँपालिका-५ जाईबाट अवैध लागूऔषध खैरो हेरोईन करिब ३ ग्राम ७९ मिलिग्राम सहित कृष्णपुर नगरपालिका-२ बस्ने २४ वर्षीय मनोज नाथ लगायत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ ईनर्वाबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ४८ ट्याब्लेट सहित सोही महानगरपालिका-१६ गणेशटोल बस्ने २७ वर्षीय रोहित यादव समेत ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बी आर ०५ पी ९१३७ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक रोहित समेत गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-२ स्थित देउनिया खोला किनारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ९० मिलिग्रामसहित भद्रपुर नगरपालिका-२ बस्ने २५ वर्षीय अनिल तामाङ समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी किचकबधबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.२ प २४२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।