Nov 21 2024 | २०८१, मंसिर ६ गते

images

भारतीय प्रधानमन्त्री मोदीले दिए ट्रम्पलाई बधाई

भारतीय प्रधानमन्त्री मोदीले दिए ट्रम्पलाई बधाई

एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक २१ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक २१ २०८१
  • भारतीय प्रधानमन्त्री मोदीले दिए ट्रम्पलाई बधाई

    नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचनमा विजयोन्मुख रहँदै भारतीय प्रधानमन्त्री मोदीले बधाई दिएका हुन् ।

    images
    images
    images

    सामाजिक सञ्जाल ‘एक्स’ (यसअघि ट्वीटर भन्ने गरिन्थ्यो) मा मोदीले लेखेका छन्, ‘ऐतिहासिक जितका लागि मेरा मित्र डोनाल्ड ट्रम्पलाई हार्दिक बधाई ।’ मोदीले ट्रम्पको अघिल्लो कार्यकालमा जस्तै भारत–अमेरिका व्यापक वैश्विक र रणनीतिक साझेदारीलाई अझ बलियो बनाउन आपसी सहयोग अभिवृघि गर्न आफू उत्सुक रहेको बताएका छन् ।

    उनले लेखेका छन्, ‘आउनुहोस्, मिलेर आफ्ना नागरिकको कल्याण, वैश्विक शान्ति, स्थिरता र समृद्धिका लागि काम गरौँ ।’ डोनाल्ड ट्रम्पले फ्लोरिडामा आफ्ना समर्थकलाई सम्बोधन गर्दै चुनावमा आफूले जित हासिल गरेको जनाएका छन् । तर उनको जितबारे आधिकारिक घोषणा भने भइसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार