Sep 19 2024 | २०८१, असोज ३ गते

कांग्रेस फुट र गुटको श्रृंखला

कांग्रेस फुट र गुटको श्रृंखला

एभरेष्ट हेडलाइन्स
शनिबार, जेठ १४ २०७९
एभरेष्ट हेडलाइन्स
शनिबार, जेठ १४ २०७९
  • कांग्रेस फुट र गुटको श्रृंखला

    काठमाडौं । नेपाली कांग्रेसको स्थापना र कांग्रेसभित्रको कचिङगल एवं विभाजन श्रृंखला वामन्थीहरु कै जस्तो रोचक छ । 

    images
    images

    बीपी कोइरालाको नेतृत्वमा २००६ साल चैत २७ गते स्थापना भएको नेपाली कांग्रेसको इतिहास झण्डै ७० वर्ष पुरानो भएको छ । बीपीदेखि वर्तमान सभापति शेरबहादुर देउवासम्म आइपुग्दा कांग्रेस आफ्नो जात नै विर्सने अवस्थामा पुगेको छ । गति र दिशाको झन् कुरै नगरौँ ।  

     

    २००९ सालमा मातृका प्रसाद कोइराला प्रधानमन्त्री र बीपी कोइराला सभापति हुँदा पहिलो पटक कांग्रेस फुट्यो । २०५९ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री र गिरिजाप्रसाद कोइराला सभापति हुँदा कांग्रेसमा पहिरो नै गयो । देउवाले प्रजातान्त्रिक कांग्रेस जन्माएथे त्यही बेला ।

     

    कांग्रेसको कचिङ्गल बुझ्न कठिन भने छैन । ठूलो कुर्सीमा एउटै व्यक्ति बस्नु पर्छ अनि काण्ड पुगिहाल्छ । अहिले भने शेरबहादुर कुन ताकतले पो टिकेका छन्, थाहा छैन । पार्टी सभापति र प्रधानमन्त्री आफैं पड्काइराखेका छन् । उनी ज्याद्रा भएर होला, ढाड पछाडि रुन कराउन मात्रै सकेका छन्, इत्तरहरु । 

     

    ‘गुट’को कुरा त के गर्ने ? एउटै टेबलमा चिया खाइरहेका दुई जना फरक–फरक गुटका हुन्छन् । हैट १ पाइलै पिच्छे गुट । २००८ सालमा राणा कांग्रेस मन्त्रिपरिषद् पतन हुनुमा कांग्रेसभित्र बीपी र मातृका गुटको टकराब नै मूल कारण थियो । मातृका गुटलाई बीपी गुटले कारबाही गरेपछि पार्टी नै फुटेको थियो ।

     

    २०५९ मा देउवा प्रधानमन्त्री थिए । उनलाई संकटकाल नथप्न पार्टीको निर्देशन थियो । तर, देउवाले अटेर गरेको भन्दै पार्टी सभापति गिरिजाप्रसादले कारबाही गरे । उनले २०५९ असारमा पार्टी विभाजन गरी कांग्रेस प्रजातान्त्रिक गठन गरे । २०६४ मा फेरि एकता भयो । संसद् विघटन गरी २०५१ सालमा मध्यावधि निर्वाचन गर्ने कोइरालाको निर्णयप्रति गणेशमान सिंह असन्तुष्ट भए ।

     

    उनले २०५१ को निर्वाचनमा देशैभर विद्रोही उम्मेदवार खडा गरे । जुन चुनावबाट एमाले ठूलो पार्टीबन्यो । गणेशमानको सनकले कम्युनिष्टलाई फाइदा पुग्यो । त्यही गुणले ग्रस्त उनका छोरा प्रकाशमान अहिले यता न उताका भएका छन् । कहिले कोइरालाहरुको फेरो समात्छन्, कहिले देउवाको शरणमा । 

     

    कांग्रेसमा एउटा रोग व्याप्त छ । आफ्नो कर्तव्य विर्सने अर्काको टुपी उखेल्ने । दिवंगत कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री भएका बेला कांग्रेसको एउटा समूह बालुवाटार पुगेर धम्कायो–‘तिम्रो जुँगा र टुपीउखेल्दिम् बुढा ।’बिचरा सुशीलको न टाउकोमा कपाल थियो, न जुँगा नै । पछि सुशीलको बेवारीसे मरण भयो। 

     

    कांग्रेसभित्र भाग खोज्ने र जिम्मेवारी ननिभाउने रोग पनि सरोबरी छ । एउटै कार्यसमितिमा भएका पदाधिकारी पार्टी सभापतिको टुपीमा झुण्डिन खोज्छन् । आफु त्यही कार्यसमितिको जिम्मेवार पदाधिकारी हो भन्ने विर्सन्छन् । उदाहरणको लागि, गगन थापा।

     

    अहिले उनी निर्वाचित महामन्त्री हुन् । पार्टीको विचार प्रवाह र  संगठन चुस्त बनाउने सन्दर्भमा जति जिम्मेवार शेरबहादुर छन्, उति नै जिम्मेवार थापा पनि । तर, उनी बोलीले खाइदिन्छन् । रामचन्द्र, शशांक, शेखरका के कुरा गर्नू घमण्डले आधा डढेकाहरु!

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट