Sep 19 2024 | २०८१, असोज ३ गते

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ १९ २०७९
एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ १९ २०७९
  • रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका लागि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय बसुन्धारामा ३ बजेका लागि बोलाइएको हो ।

    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका लागि केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको बताए । सरकारमा सहभागी भएर पनि जनताका पक्षमा काम गर्न नसकेको विषयमा छलफल हुने उनले बताए ।

    पार्टी सभापति रवि लामिछानेले विगतमा गरेको त्रुटिलाई लिएर सर्वोच्चबाट फैसला आएको र त्यसलाई सुधार गर्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहालबाट सकरात्मक सन्देश नपाएको पनि ढकालले बताए । त्यसैले अब नयाँ शिराबाट अगाडि जान लागेको उनको भनाइ छ ।

    यसैबीच सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो मौनता आजसम्मका लागि मात्र रहेको बताएका छन् ।अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला, उनले लेखेका छन्,   मेरो मौनता आज सम्मका लागि मात्रै हो । म अभिमन्यु होइन।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट