Sep 19 2024 | २०८१, असोज ३ गते

यूएसएआईडी प्रमुखले भेटिन् अर्थमन्त्री

यूएसएआईडी प्रमुखले भेटिन् अर्थमन्त्री

एभरेष्ट हेडलाइन्स
बुधबार, माघ २५ २०७९
एभरेष्ट हेडलाइन्स
बुधबार, माघ २५ २०७९
  • यूएसएआईडी प्रमुखले भेटिन् अर्थमन्त्री

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ ।

    images
    images

    बुधबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगेर सामन्थाले अर्थमन्त्री पौडेलसँग भेट गरेकी हुन् । भेटका क्रममा सामन्थाले नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी) को कार्यान्वयनमा जोड दिएकी छन् ।

    उनले यसअघि मंगलबार परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी थिइन् ।

    दुई दिने नेपाल भ्रमणमा मंगलबार काठमाडौं आइपुगेकी सामन्थाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर आजै स्वदेश फर्किने कार्यक्रम छ । अमेरिका फर्किनुअघि साँझ ५ बजे उनले पत्रकार सम्मेलन गर्दैछिन् ।

    अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै सामन्था नेपाल भ्रमणमा आएकी हुन् । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहेकी सामन्था अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारीसमेत हुन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट