Sep 19 2024 | २०८१, असोज ३ गते

राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति हुनुपर्छ :उपप्रधानमन्त्री श्रेष्ठ

राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति हुनुपर्छ :उपप्रधानमन्त्री श्रेष्ठ

एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन ४ २०७९
एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन ४ २०७९
  • राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति हुनुपर्छ :उपप्रधानमन्त्री श्रेष्ठ

    काठमाडौँ । उपप्रधान तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति आवश्यक रहेको बताए । 

    images
    images

    वीरेन्द्रनगर सुर्खेतमा आज बिशीबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीमा भएको राष्ट्रिय सहमति जस्तै राष्ट्रपतिमा पदमा पनि सबै दलको सहमति आवश्यक रहेको उनले प्रष्ट्याए । उनका अनुसार अहिलेको समीकरण बदल्न खोजिएको छैन बरु यही फागुन २७ गते हुने राष्ट्रपतिका लागि सहमति चाहिएको छ । 

    उपप्रधानमन्त्री श्रेष्ठले भने, “हाम्रो कारणले त्यस्तो परिस्थिति सिर्जना गर्नु हुँदैन भन्ने कुरामा हामी प्रष्टै छौँ । वर्तमान सरकारलाई प्रतिनिधिसभामा सहभागी ९९ प्रतिशतले विश्वासको मत दिएका छन् । सबैजसो पार्टीले प्रधानमन्त्रीलाई समर्थन गरेर विश्वासको मत दिँदा यो एउटा ऐतिहासिक परिघटना बनेको छ ।”

    प्रधानमन्त्रीका लागि भएको समर्थनको वातावरणले राष्ट्रिय सहमति कायम गर्ने अवसर मिलेको उनले बताए । सबै दलको भावना समेटिने गरी राष्ट्रपतिको चुनाव सम्पन्न गर्नु अहिलेको प्रधान विषय रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो । सदनमा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिमा राष्ट्रिय वातावरण बनाएर राष्ट्रपति चयन गर्ने प्रयास भइरहेको उनले बताए । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट