Sep 19 2024 | २०८१, असोज ३ गते

उपत्यका निर्माण व्यवसायीकाे नयाँ टिम घोषणा

उपत्यका निर्माण व्यवसायीकाे नयाँ टिम घोषणा

एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन १४ २०७९
एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन १४ २०७९
  • उपत्यका निर्माण व्यवसायीकाे नयाँ टिम घोषणा

    काठमाडौं । उपत्यका निर्माण व्यवसायी संघको तीन वर्षे कार्यकालका लागि वर्तमान महासचिव शान्ताकुमार श्रेष्ठको अध्यक्षतामा टिम घोषणा गरिएको छ । बुधबार काठमाडौंको बानेश्वरमा आयोजित कार्यक्रममा टिम घोषणा गरिएको हो ।

    images
    images

    श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कबिन्द्र महर्जन, प्रथम उपाध्यक्षमा बासु खड्का, द्वितीय उपाध्यक्ष टिकाराम सुवेदी, महासचिव ईश्वरराज पन्तले उम्मेदवारी घोषणा गरेका छन । त्यस्तै संघको नीतिगत उपमहासचिवमा कृष्ण केसी (कृष), आन्तरिक उपमहासचिव एन प्रसाद अधिकारी (राजु), कोषाध्यक्षमा रमेश महर्जन र सह कोषाध्यक्षमा संजीव शाक्यले उम्मेदवारी घोषणा गरेका छन् ।

    संघको नौ जना सदस्यको भने केही दिनमै घोषणा गरिने अध्यक्षका उम्मेदवार श्रेष्ठले बताए । उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले मूल्यवृद्धिका कारण निर्माण कार्यमा भैरहेको समस्या लगायत साना निर्माण व्यवसायी​हरुको हकहितका लागि सदैव लागि रहने बताए । करिब एक हजार ५ सय सदस्य रहेको संघको आगामी फागुन १४ गते नवौं साधारण सभा तथा चुनावी कार्यक्रमको मिति तय भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट