Sep 19 2024 | २०८१, असोज ३ गते

जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने

जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने

एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन १६ २०७९
एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन १६ २०७९
  • जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताएका छन्।  

    images
    images

    मंगलबार काठमाडौंमा भएको नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा निर्देशक घिसिङले पछिल्लो समय जलविद्युत उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुक्खा याममा समेत आत्मनिर्भर बन्ने अवस्था आउने बताए।

    उनले जलविद्युतमा आत्मनिर्भर भएर पनि त्यो समयमा २५ सय मेगावट विद्युत बढी हुने उल्लेख गरे।

    सन् २०३५ सम्ममा नेपालमा ८ हजार मेगावट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान प्राधिकरणको रहेको उनको भनाइ थियो।

    उनले नेपालको जलविद्युत उत्पादन क्षमता २५ सय ४४ मेगावट रहेको भन्दै पछिल्लो समय प्रत्येक वर्ष ८ सय मेगावट विद्युत् उत्पादन बढ्दै गएको पनि बताए।

    निर्देशक घिसिङले सन् २०४२/४३ सम्म २० हजार मेगावट विद्युत् उत्पादन क्षमता पुग्ने अनुमान रहेको पनि बताए।

    उनले पछिल्लो समय उद्योगहरुमा जलविद्युतको माग राम्रो रहेकाले ११ हजार मेगावट जलविद्युत उत्पादनका लागि पीपीएको लागि पाइपलाइनमा रहेको जानकारी दिए। करिब ७ हजार मेगावटको पीपीए भइसकेको उनको भनाइ थियो। 

    त्यस्तै निर्देशक घिसिङले जलविद्युत उत्पादनका लागि १.२ मिलियन डलर लगानी प्रतिबद्धता भइसकेको जानकारी दिए। उनले एजीम बैंकबाट ७ सय मिलियन,जाइकाले १४० मिलियन,विश्व बैंक र एडीबीले २ मिलियन लगानी प्रतिबद्धता आएको उल्लेख गरे।

    जलविद्युत उत्पादनको लागि नयाँनयाँ प्रोजेक्ट बनाउन अहिले प्राप्त भएको लगानी प्रतिबद्धताले मात्रै अपुग हुने उनको भनाइ थियो। 

    उनले सरकारले जलविद्युतमा लगानी र बजेट विनियोजन गर्न सम्भव नभएको बताए। प्राधिकरण जलविद्युत उत्पादनका लागि लगानी सुनिश्चित कसरी गर्ने भन्ने विषयमा काम गरिरहेको पनि जानकारी दिए। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट