राष्ट्रपति निर्वाचनमा भोट खसालेर बाहिरिने क्रममा सांसद न्यौपाने लडेर घाइते
राष्ट्रपति निर्वाचनमा भोट खसालेर बाहिरिने क्रममा सांसद न्यौपाने लडेर घाइते
राष्ट्रपति निर्वाचनमा भोट खसालेर बाहिरिने क्रममा लडेर मधेस प्रदेशका सांसद गोविन्द न्यौपाने लडेर घाइते भएका छन् ।
बिहीबार संसद भवन नयाँबानेश्वरमा राष्ट्रपति निर्वाचनमा भोट हालेर बाहिरिने क्रममा सांसद न्यौपाने मुख्य गेटमा लडेका हुन् ।
नेकपा एकीकृत समाजवादीबाट सप्तरी ४ 'क' बाट निर्वाचित सांसद न्यौपानेको टाउकोमा चोट लागेको छ । सांसद न्यौपानेलाई उपचारका लागि मिनभवनस्थित सिभिल अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।