Nov 21 2024 | २०८१, मंसिर ६ गते

images

काठमाडौं प्लाजामा काठमाडौं महानगर भाडामा बस्ने, ६० लाख ५० हजार रुपैयाँ मासिक तिर्ने गरि सम्झौता

काठमाडौं प्लाजामा काठमाडौं महानगर भाडामा बस्ने, ६० लाख ५० हजार रुपैयाँ मासिक तिर्ने गरि सम्झौता

एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत ९ २०७९
एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत ९ २०७९
  • काठमाडौं प्लाजामा काठमाडौं महानगर भाडामा बस्ने, ६० लाख ५० हजार रुपैयाँ मासिक तिर्ने गरि सम्झौता

    काठमाडौं। काठमाडौ प्लाजा बहालमा लिन काठमाडौं महानगरपालिकाले नेपाल ट्रष्टसँग सम्झौता गरेको छ।

    images
    images
    images

     बुधबार नेपाल ट्रष्टका कार्यकारी सचिव सरजुकुमार वैद्यको उपस्थितिमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

    हस्ताक्षरपछि महानगरका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले मिसिल शाखा, सहकारी विभाग, जिल्ला समन्वय समितिमा रहेका विभाग तत्काल स्थानान्तरण गर्न निर्देशन दिएका छन्।

    सेवा अवरोध नगरी आफ्नो जिम्मेवारीमा रहेका विभागहरुलाई सार्दै जाने योजना रहेको अधिकारीको भनाइ छ।

    सम्झौता बमोजिम प्लाजामा झ्याल, ढोका र लिफ्टसहित बिग्रिएका, भत्किएका संरचनाको महानगरले मर्मत गर्नेछ। झ्याल, ढोका र लिफ्ट बनाउँदा लागेको खर्च महानगरले वहाल रकमबाट कटाउनेछ। यसबाहेकका अन्य मर्मत महानगर आफैँले गर्नेछ। बाहिरी संरचनामा कुनै हेरफेर गरिने छैन। 

    भवन महानगरले कार्यालय प्रयोजनमा ल्याउनेछ। भवन छोड्नु वा छोड्न लगाउनु परेमा १८० दिन अगावै जानकारी गराउनु पर्नेछ। विजुली,पानीलगायत सुविधाको महसुल महानगरपालिकाले भुक्तानी गर्नेछ।

    महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार, भवनभित्र यसअघि सञ्चालनमा रहेका निरमाया दोहारी र राज घराना भने शिलबन्दी गरिएको छ।

    ट्रष्टसँगको बहाल लेनदेन नमिलेपछि शिलबन्दी गरिएका यी ठाउँ प्रयोगमा नआएसम्म महानगरले भाडा कटाउनेछ। यो सम्झौता १० बर्षका लागि हो। ५ बर्षपछि १० प्रतिशतले बहाल वृद्धि हुनेछ। 

    करिब ५ रोपनी २ पैसा क्षेत्रफलमा निर्माण भएको भवन ७ तलाको छ। भवनको सबैभन्दा तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र २ सय वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्छ ।

    १ लाख १६ हजार वर्गफिट पक्की भवन र ३ हजार ६ वर्गफिटको अस्थायी संरचनासहित प्लाजामा जम्मा १ लाख १९ हजार वर्गफिट कार्यालय प्रयोगमा ल्याउन सकिन्छ ।

    २०७२ को भूकम्प अघि महानगर बागदरबारमा थियो। भूकम्पको कम्पनले भवन जीर्ण भएर कार्यालय सञ्चालनका लागि कमजोर भएपछि केही समय राष्ट्रिय सभा गृहबाट सेवा सञ्चालन गरियो। त्यसपछि सुन्धारामा रहेको जेडिए कम्प्लेक्सबाट सेवा सञ्चालन भइरहेको छ । यस स्थानमा सबै विभाग नअट्टाएपछि विभागहरुलाई फरक फरक ठाउँमा राखिएका छन् । 

    ६० लाख ५० हजार रुपैयाँ मासिक रुपमा तिर्ने गरि सम्झौता भएको छ।


    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट