Sep 19 2024 | २०८१, असोज ३ गते

बारा-२ मा उपनिर्वाचनको उम्मेदवारी दिने वा नदिने विषयमा कांग्रेसको छलफल

बारा-२ मा उपनिर्वाचनको उम्मेदवारी दिने वा नदिने विषयमा कांग्रेसको छलफल

एभरेष्ट हेडलाइन्स
आइतबार, चैत १९ २०७९
एभरेष्ट हेडलाइन्स
आइतबार, चैत १९ २०७९
  • बारा-२ मा उपनिर्वाचनको उम्मेदवारी दिने वा नदिने विषयमा कांग्रेसको छलफल

    बारा । बारा-२ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा कांग्रेस छलफलमा छ । बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने तयारीमा छन् भने उनले आफूलाई गठबन्धनको उम्मेदवार बनाउन शीर्ष नेताहरुमाझ यसअघि नै छलफल गरिसकेका छन् ।

    images
    images

    तर उपनिर्वाचनको मुखैमा कांग्रेससँग आबद्ध रहेका अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरी उम्मेदवार बन्ने भएपछि बारा-२ का विषयमा के गर्ने भन्ने विषयमा कांग्रेसमा अन्योल छाएको छ ।

    नेताहरु आफैं उम्मेदवार उठाएर पार्टीको संगठनको मत संरक्षण गर्ने वा उपेन्द्रलाई सघाउने भन्नेबारे छलफलमा छन् । सभापति शेरबहादुर देउवाले बारा-२ मा उम्मेदवारीसहित समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार