Dec 27 2024 | २०८१, पुस १२ गते

images
images

टीआरसी विधेयकलाई ‘फास्ट ट्रयाक’मा पास गर्न माओवादी केन्द्रको प्रस्ताव

टीआरसी विधेयकलाई ‘फास्ट ट्रयाक’मा पास गर्न माओवादी केन्द्रको प्रस्ताव

एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत २३ २०७९
एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत २३ २०७९
  • टीआरसी विधेयकलाई ‘फास्ट ट्रयाक’मा पास गर्न माओवादी केन्द्रको प्रस्ताव

    काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई छिट्टै पास गर्नुपर्ने प्रस्ताव रोखको छ ।

    images
    images
    images

    बिहीबारको प्रतिनिधिसभा बैठकअघि सभामुख देवराज घिमिरेसँग दलका प्रमुख सचेतक र सचेतकहरूको छलफलमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले टीआरसी विधेयक ‘फास्ट ट्रयाक’बाट पास गर्नुपर्ने प्रस्ताव राखेका थिए । उनले संक्रमणकालीन न्यायका विषयहरू चाँडो टुंगो लगाउनुपर्ने भएको भन्दै विधेयक पास गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

    छलफलबारे जानकारी दिँदै नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले एमाले भने उक्त प्रस्तावको विपक्षमा उभिएको जानकारी दिए । टीआरसी विधेयक पीडितका लागि भएको र कन्टेटमा बहस आवश्यक भएकाले पनि भनेजस्तै छिटो पास गर्न नहुनेमा एमाले उभिएको उनले जानकरी दिए ।

    “यो उहाँहरूले प्रस्ताव राखेजस्तो चाँडो पास हुने सहज विषय हैन । यसको कन्टेटमा समितिसम्म पुगेर छलफल गर्नुपर्ने हुन्छ,” उनले भने, “पीडितले न्याय पाउनुपर्छ । न्याय सम्पादन नहोस् भन्ने एमालेको चाहना हैन तर, हतारमा गर्दा समस्या हुन्छ । त्यसैले कन्टेन्टमा छलफल हुनुपर्छ ।”

    हाल संसद्मा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक र सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक दर्ता छन् ।

    विधेयक दर्ता भए पनि संसदीय समिति बनेको छैन । सत्तानिकट बाहेकका दलहरूले समिति बनाएर विधेयकहरुमा दफाबार छलफल गर्नुपर्ने माग गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार