Nov 21 2024 | २०८१, मंसिर ६ गते

images

निरा हत्याकाण्ड : सुन लुट्दा प्रतिकार गरेपछि हत्या भएको आरोपीको बयान

निरा हत्याकाण्ड : सुन लुट्दा प्रतिकार गरेपछि हत्या भएको आरोपीको बयान

एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख १७ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख १७ २०८०
  • निरा हत्याकाण्ड : सुन लुट्दा प्रतिकार गरेपछि हत्या भएको आरोपीको बयान

    काठमाडौँ । चाबहिलको सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्दै आएकी निरा आचार्यको हत्या अभियोगमा पक्राउ परेका विनोद विकले सुनको सिक्री लुट्ने क्रममा प्रतिकार गरेपछि हत्या गरेको बयान दिएका छन् ।

    images
    images
    images

    शनिवार झापामा पक्राउ परेका विकले सुन लुट्ने क्रममा निराले प्रतिकार गरेपछि हत्या गरेको बयान दिएका हुन् ।  ‘सुन र पैसा लुट्ने क्रममा प्रतिकार भएपछि हत्या गरेको हुँ भन्ने बयान दिएको छ । हत्या गर्न पसलकै चक्कु प्रयोग गरेको उसले बताएको छ ।

    झापाबाट पक्राउ गरेर ल्याइएका विकलाई केन्द्रीय अनुसन्धान ब्यूरोले अहिले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ । अनुसन्धानका क्रममा प्रहरीले एउटा रेस्टुरेन्टमा रगतले लतपतिएको झोला फेला पारेको थियो ।

    हत्या गर्नुअघि विक मनोहरा पुलबाट पठाओ चढेर चाबहिल गएको प्रहरी अनुसन्धानले देखाएको छ । वैशाख ७ गते मातातीर्थ औँसीको दिन पसलमै रहेको समयमा निराको हत्या भएको थियो ।

    हत्यारा सार्वजनिक गर्न माग गर्दै उनका आफन्तले सरस्वतीनगर क्षेत्रमा दैनिक आन्दोलन गरिरहेका थिए । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट