Sep 19 2024 | २०८१, असोज ३ गते

अर्थमन्त्री अनुपस्थित भएपछि रोकियो संसद् बैठक

अर्थमन्त्री अनुपस्थित भएपछि रोकियो संसद् बैठक

एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख २५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख २५ २०८०
  • अर्थमन्त्री अनुपस्थित भएपछि रोकियो संसद् बैठक

     काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महत अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

    images
    images

    सोमबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर स्तावबाहेक) माथिको छलफल भइरहेको थियो । छलफलकै बीचमा अर्थमन्त्री डा. महत बैठकबाट बाहिरिएका थिए ।

    कांग्रेस सांसद बद्री पाण्डेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा धारणा राखेपछि सांसदहरूले अर्थमन्त्रीको खोजी गरेका थिए । 

    उपसभामुख इन्दीरा रानाले पटकपटक विभागीय मन्त्री आउँदै गरेको जानकारी गराएकी थिइन् । तर, अर्थमन्त्री नआएपछि सभामुख देवराज घिमिरेले प्राविधिक कारण देखाउँदै बैठक १५ मिनेटलाई रोकेका हुन् ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार