Sep 19 2024 | २०८१, असोज ३ गते

सर्वोच्चको आदेशपछि चलाउनेले अनसन तोडे

सर्वोच्चको आदेशपछि चलाउनेले अनसन तोडे

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार ८ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार ८ २०८०
  • सर्वोच्चको  आदेशपछि चलाउनेले अनसन तोडे

    काठमाडौँ । सर्वोच्च अदालतले मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाएपछि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफ्नो अनसन स्थगित गरेका छन्। 

    images
    images

    आफूमाथि आक्रमण गर्नेविरुद्ध जिल्ला अदालत काठमाडौंमा विचाराधीन ज्यान मार्ने उद्योगको मुद्दा फिर्ताका लागि सरकारले निवेदन दर्ता गराएपछि उनी अनसनमा बसेका थिए।

    चलाउनेले केही दिन अगाडि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि  अनसन सुरु गरेका थिए। बिहीबार सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयनमा रोक लगाएकाले आफ्नो माग सम्बोधन भएको भन्दै उनले अनसन स्थगित गरेका हुन्। उनले यसबारे शुक्रबार दिउँस १ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार