Dec 03 2024 | २०८१, मंसिर १८ गते

images

एनआईसी एसिया लघुवित्तले नक्कली ऋणीलाई ठूलाे रकम दिएकाे खुलासा

एनआईसी एसिया लघुवित्तले नक्कली ऋणीलाई ठूलाे रकम दिएकाे खुलासा

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार ८ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार ८ २०८०
  • एनआईसी एसिया लघुवित्तले नक्कली ऋणीलाई ठूलाे रकम दिएकाे खुलासा

    एनआईसी एसिया लघुवित्तले नक्कली ऋणीलाई ठूलाे रकम दिएकाे खुलासा भएकाे छ ।

    images
    images
    images

    जाजरकोटको छेडागाड नगरपालिका-५ थलह बजारको एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाका कर्मचारीले नक्कली ऋणी खडा गरेर ठूलो रकम हिनामिना गरेको पाइएकाे हाे ।

    थलह शाखाका कर्मचारीले ४ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको भन्दै प्रहरीमा मुद्दा  समेत परेकाे छ।

    कर्मचारीले स्थानीयको नाममा नक्कली ऋणी खडा गरी संस्थाको रकम हिनामिना गरेको पीडितले बताएका छन्। करिब २ सय ८५ नागरिकको नाममा थलह शाखाका तत्कालीन शाखा प्रमुख सुशील केसीसहित ८ कर्मचारीले रकम हिनामिना गरेको आरोप लागेको छ।

    केसीको नेतृत्वमा रहेको कर्मचारी टिमले नक्कली ऋणी खडादेखि ब्याज बापतको रकम हिनामिना गरेको आरोप लागेको हो। नक्कली ऋणी खडा गरेर कर्मचारीले उक्त रकम हिनामिना गरेका हुन्। लघुवित्त संस्थाको केन्द्रीय कार्यालयले लेखापरीक्षण गर्दा उक्त रहस्य खुलेको हो। ठूलो रकम हिनामिना भएको कुरा पत्ता लागेपछि एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय बनेपा—७ काभ्रेपलाञ्चोक र शाखा कार्यालय जाजरकोटले तत्कालीन शाखा प्रमुख केसीसहित ८ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोटमा मुद्दा दर्ता गराएको हो। मुद्दा परेका आठै कर्मचारी फरार रहेको प्रहरीले जनाएको छ।

    स्थानीय खातावालाको कागजपत्र लिएर नक्कली ऋणी खडा गरी रकम हिनामिना गरेको बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।  ‘हामी अनुसन्धानकै क्रममा छौं, अहिले नाम सार्वजनिक गर्न मिल्दैन,’ जिल्ला प्रहरी प्रमुख सन्तोष रोकामगरले भने।  

    एनआईसी एसियाका सूचना अधिकृत अर्जुन श्रेष्ठले भने, ‘संस्थाको करिब साढे चार करोड रकम हिनामिना भएपछि ८ कर्मचारीका विरुद्ध ठगी मुद्दा दर्ता गराएका छौं।’ यसैबीच संस्थाबाट ठगिएको भन्दै छेडागाड—११ लिला बुढा क्षेत्री र जुनीचाँदे—४ का दीपक खड्का प्रहरीमा पुगेका छन्। 


    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट