Dec 09 2024 | २०८१, मंसिर २४ गते

images

विवादमा एनपीएलः स्टार स्पोर्ट्ससँग अवैधानिक सम्झौता गरेको भन्दै आपत्ति 

विवादमा एनपीएलः स्टार स्पोर्ट्ससँग अवैधानिक सम्झौता गरेको भन्दै आपत्ति 

एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर ५ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर ५ २०८१
  • विवादमा एनपीएलः स्टार स्पोर्ट्ससँग अवैधानिक सम्झौता गरेको भन्दै आपत्ति 

     काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण गर्न स्टार स्पोर्ट्ससँग गरेको सम्झौता अवैधानिक भएको आरोप लागेको छ । मंगलबार नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सले संयुक्त विज्ञप्ति जारी गर्दै क्यानले एनपीएलको प्रसारण स्टार स्पोर्ट्सबाट गर्ने सम्झौता अवैधानिक भएको भन्दै सच्याउन चेतावनी दिएका छन् ।

    images
    images
    images

    तीन संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय खेलहरु अन्तराष्ट्रियकरणसमेत होस् भन्ने अपेक्षा राख्नु स्वभाविक हो । तर यसपल्टको नेपाल प्रिमियर लिगको आयोजनामा नेपाल क्रिकेट संघले केही कानूनी र केही नैतिक तथ्यहरुमा अवैधानिक र गैर कानूनी अनि गैर व्यवसाहिक तथा अनैतिक क्रियाकलापहरु जानाजान वा भुलवश हुन गएको छ, जसलाई उजागर गरेर ती अवैधानिक र अनैतिक हुने गल्ती र गैर कानूनी क्रियाकलापहरु तत्काल सच्चाउन र त्यस्ता कानून बर्खिलाप हुने कार्य बन्द गर्न अनुरोध समेत गर्दछौँ ।’ उनीहरुले नेपाल क्रिकेट संघले नेपालको कानूनले अनिवार्य गरेको सार्वजनिक खरिद ऐन र खेलकुद ऐनलाई उल्लघंन गरेको आरोप लगाएका छन् । 

    तीन संस्थाले नेपाली टेलिभिजन, विज्ञापन एजेन्सी र उत्पादन संस्थाको अवमुल्यन गर्दै क्यानले विदेशी एजेन्सी र टेलिभिजनलाई एनपीएलका खेल प्रसारण गर्ने सम्झौता गरेको भन्दै क्यानले सम्झौता गर्दा भएका गतीहरु तत्काल सच्याउन र त्यसो नगरेमा कानूनी बाटो अपनाउने चेतावनीसमेत दिएका छन् । 

    can1.png

    can2.png

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट