images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

परम्परागत नेवारी शैलीमा द नगरकाेट थिम बनाउँदै सीइ कन्स्ट्रक्सन

परम्परागत नेवारी शैलीमा द नगरकाेट थिम बनाउँदै सीइ कन्स्ट्रक्सन

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार १५ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार १५ २०८०
  • परम्परागत नेवारी शैलीमा द नगरकाेट थिम बनाउँदै सीइ कन्स्ट्रक्सन

    काठमाडौं ।  नगरकाेटमा नेवारी वास्तुकला झल्किने गरी वस्ती बसाल्ने भएकाे छ । आधुनिक डिजाइनका नयाँ संरचनाले पुराना वास्तुकलालाई ओझेलमा पारिरहेकाे अवस्थालाई द‍ृष्टिगत गरी नेवारी शैलीकाे घरहरु बनाउन लागिएकाे हाे ।  रियलईस्टेट कम्पनी सीईले पुरातात्विक संरचनाको झल्को दिने किसिमको ‘द हब नगरकोट’ नामको परियोजना अघि सारेको हाे । 

    images
    images
    images

    निर्माणाधीन ‘द हब नगरकोट’ काठमाडौं उपत्यकाको रमणीय हिल स्टेशन नगरकोटमा रहेकाे छ । यो परियोजना उपत्यकाबाट नजिकमा हिमालको फेदिमा  कोलाहलमूक्त जीवनशैलीको आनन्द लिन चाहनेका लागि निकै उपयुक्त हुने अपेक्षा गरिएकाे छ । ‘द हब नगरकोट’ का हाउजिङहरूको बुकिङ खुल्ला‘द हब नगरकोट’मा ललितपुरको पुरानो शहर पाटनको जीवन्त थिमलाई उतारिने बताइएकाे छ । तीन चरणमा निर्माण हुने यो परियोजनाको पहिलो चरणमा २४ युनिट लग्जरियस हाउजिङ निर्माण हुने बताइएकाे छ । 

    दोस्रो र तेस्रो चरणमा अपार्टमेन्ट, तारे होटेल, सपिङ मल, मल्टिप्लेक्स, हेल्थ क्लबलगायत कमर्सियल संरचनाहरू निर्माण हुनेछ ।

    हाउजिङहरू २० रोपनी १५ आना जग्गामा बनेका छन् । साढे दुई तले यी हाउजिङसँग ३६ फिटको फराकिलो सडकको पहुँच रहेको छ । 

    जग्गाको आकार र प्रकृति अनुसार डिजाइन गरिएको यस हाउजिङमा जम्मा २४ युनिट रहेका छन् । जसमा २१ युनिटहरू बुकिङ भइसकेका छन् । र बाँकी ३ युनिट मात्रै बुकिङका लागि खुला रहेका छन् । 

    दक्षिण पश्चिम मोहडा यहाँका घरहरू ४ देखि ५ आना जग्गामा निर्माण भइरहेका छन् । परम्परागत शैलीमा निर्माण भइरहेका यी हाउजिङहरू आधुनिक वास्तुकलाले भरिपूर्ण हुनेछन् । 

     हाउजिङहरू प्रिमियम मेटेरियल र लग्जरियस थिममा निर्माण हुनेछन् । फराकिलो ल्यान्डस्केप बगैंचा र खुला ठाउँ समेत रहने यस हाउजिङका प्रत्येक घरमा प्रकाश र स्वच्छ हावाका लागि भेन्टिलेसनको समेत व्यवस्था गरिएको छ । 

    हरेक युनिटका लागि एउटा कार पार्किङ छुट्याइएको छ, भने विशेष अवसरमा हुने पार्किङको समस्यालाई मध्यनजर गर्दै थप पार्किङहरूको समेत व्यवस्था गरिएको छ । 

    परम्परागत नेवारी शैलीमा बन्‍ने घरहरूको मूल्य ३ करोड ९ लाख रुपैयाँदेखि ३ करोड ७६ लाख रुपैयाँसम्म तोकिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार