Sep 19 2024 | २०८१, असोज ३ गते

बाबुराम गौतमलाई माओवादी केन्द्रले मन्त्री बनाउने

बाबुराम गौतमलाई माओवादी केन्द्रले मन्त्री बनाउने

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
  • बाबुराम गौतमलाई माओवादी केन्द्रले मन्त्री बनाउने

    कोशी प्रदेशको सरकार गठनका लागि सभामुख पदबाट राजीनामा दिएका बाबुराम गौतमलाई नेकपा माओवादी केन्द्रले मन्त्री बनाउने भएको छ ।

    images
    images

    माओवादी केन्द्र स्रोतका अनुसार उद्धव थापा नेतृत्वको सरकारमा उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

    माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बाबुराम गौतमलाई पार्टीले सरकारमा पठाउने जानकारी दिए ।

    सभामुखको राजीनामा गराएर बहुमत जुटाएपछि मंगलबार नियुक्त भएका मुख्यमन्त्री थापाले आज पद तथा गोपनीयताको सपथग्रहण गर्दैछन् । आजै सरकार साझेदार दलबाट सहभागी हुने मन्त्रीले पनि सपथग्रहण गर्नेछन् ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार