Aug 11 2026 | २०८३, साउन २६ गते

त्रियुगाका बालबालिका आँखा पाक्ने रोगबाट प्रभावित

त्रियुगाका बालबालिका आँखा पाक्ने रोगबाट प्रभावित

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
  • त्रियुगाका बालबालिका आँखा पाक्ने रोगबाट प्रभावित

    उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रको गाईघाट बजारसहित जलजले, देउरी, बगाहा, बोक्से तथा सहरी क्षेत्रका बालबालिका आँखा पाक्ने रोगबाट प्रभावित छन् । एक हप्ताअघि देखिएको आँखाको रोग अहिले बिस्तारै नगरक्षेत्रभरि फैलिन थालेको छ ।

    images

    जिल्ला अस्पतालका बालरोग विशेषज्ञ डा निरज सिंहका अनुसार अहिले दैनिक स–साना बालबालिकासमेत उपचारका लागि अस्पताल आउने गरेका छन् । “अधिकांश आँखा पाक्ने रोगबाट प्रभावित छन्”, उनले भने । दैनिक ८० देखि एक सय जनाको हाराहारीमा बालबालिका उपचारका लागि आउने गरेका छन् । जिल्ला अस्पतालका प्रमुख डा ज्ञानेन्द्र झाले नगरक्षेत्रका अधिकांश विद्यालयका बालबालिका यस रोगबाट पीडित छन् । 

    गाईघाट बजारकी सन्ध्या थापा १५ वर्षीय छोरा, ९ वर्षीया छोरी र ४ वर्षीया छोरी आँखा पाक्ने रोगबाट पीडित भएको बताए । घरमै चिकित्सको सल्लाहअनुसार नियमित औषधि प्रयोग गरिरहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट