Sep 19 2024 | २०८१, असोज ३ गते

माओवादीले केन्द्रीय कमिटी बैठक 'लाइभ' नगर्ने

माओवादीले केन्द्रीय कमिटी बैठक 'लाइभ' नगर्ने

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
  • माओवादीले केन्द्रीय कमिटी बैठक 'लाइभ' नगर्ने

    काठमाडाैं |  नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कमिटी बैठक लाइभ (प्रत्यक्ष प्रसारण) नगर्ने भएको छ । बुधवार बिहान बसेको स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।  

    images
    images

    यसअघि पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको थियो ।  

    केन्द्रीय समिति बैठक बिहान ११ बजेपछि प्रज्ञा भवन कमलादीमा सुरु हुँदैछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा साङ्गठनिक प्रस्ताव पेस गर्ने छन् । प्रस्तावमाथि सबै केन्द्रीय सदस्यले धारणा राख्नेछन् ।  

    बैठकमा तीन सय ८५ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ सदस्य र पार्टीको १० प्रदेश पदाधिकारी एक सय गरी सात सय ५८ जनाको सहभागिता रहने माओवादी केन्द्रले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार