images

May 17 2024 | २०८१, जेठ ४ गते

शक्तिकेन्द्रको आँडमा सुन काण्डमा मुछिएका पूर्वसभामुख कृष्णबादुर महरा र छोरा राहुललाई जाेगाउने प्रपंच

शक्तिकेन्द्रको आँडमा सुन काण्डमा मुछिएका पूर्वसभामुख कृष्णबादुर महरा र छोरा राहुललाई जाेगाउने प्रपंच

अहिलेसम्म सामान्य साेधपुछ समेत भएन

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
  • शक्तिकेन्द्रको आँडमा सुन काण्डमा मुछिएका पूर्वसभामुख कृष्णबादुर महरा र छोरा राहुललाई जाेगाउने प्रपंच

    काठमाडौं । सुन काण्डमा मुछिएका पूर्वसभामुख कृष्णबादुर महरा र उनका छोरा राहुल महरालाई जाेगाउने प्रपंच रचिएकाे छ । उनीहरुमाथि अहिलेसम्म सामान्य साेधपुछ समेत भएकाे छैन ।

    images
    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नाटकीयरूपमा तस्करी भएको सुन काण्डमा पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबादुर महरा र उनका छोरा राहुल महरा स‌ंलग्न भएकाे देखिन्छ। 

    गएको पुस १० गते दुबईबाट आएको ‘इलेक्ट्रिक सिगरेट’ (भेप) एक महिना १९ दिनसम्म त्रिभुवन विमानस्थलको आगमन कक्षमा रोकिन्छ । भेपलाई २९ माघमा भन्सार कार्यालयले जफत गर्छ र स्टोरको १११ नम्बर कोठामा थन्क्याउँछ । त्यसपछि नै तस्करले 'सुरक्षित रूपमा' सुन भित्र्याउन थालेको अनुसन्धानले देखाएको छ ।

    भेपको लिलामीका विषयमा पनि भन्सार कार्यालयले छलफल गर्छ । तर, स्वास्थ्यमा प्रतिकूल असर गर्ने वस्तु बिक्री गर्न नहुने निष्कर्ष निकाल्छ । नष्ट गर्ने योजना बनाइन्छ । भेप हेर्ने जिम्मेवारी नायब सुब्बा रेवन्त खड्कालाई तोकिन्छ ।

    नासु खड्कासँग मिलेर भन्सार एजेन्ट दिनेश बस्नेतले सुन गायब पार्छन् । त्यहाँ अर्कै भेप बट्टामा भरेर राखिन्छ । दुबईबाट आएको ७३ कार्टुन भेपमा प्रतिप्याकेट १० वटाका दरले ७३० वटा भेप थिए । त्यतिकै संख्यामा भन्सारको कोठामा अर्को भेप थन्क्याएर सुन गायब भएपछि भन्सारले अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई गुहारेको थियो ।

    त्यसपछि सीआईबीले अनुसन्धान थालेको थियो । उसको अनुसन्धानले ९ जना तस्करीमा संलग्न भएको निष्कर्ष निकालेको थियो । ६ जना पक्राउ परे बाँकी तीनजना अझै फरार छन् । 

    विमानस्थल भन्सार कार्यालयका नासु खड्का र भन्सार एजेट बस्नेतको सहकार्यमा इलेक्ट्रिक सिगरेटका ठाउँमा अर्कै सामान लगेर राख्दै सुन भएको इलेक्ट्रिक भेप गायब पारिएपछि भन्सार विभागमा खैलाबैला मच्चिएको थियो । 

    भन्सार विभागका प्रमुख भन्सार प्रशासक अरूणकुमार पोखरेलले भन्सार एजेन्ट बस्नेतलाई गायब भएको सामान जस्ताकोतस्तै फर्काउन भनेको सरकारी वकिलको प्रतिवेदनमा उल्लेख छ । तर, दिनेशबाट जवाफ आउँछ– सामान बजारमा बिक्री भइसक्यो । फिर्ता गर्न सम्भव छैन ।

    त्यसपछि पोखरेलले सीआईबीमा जाहेरी दिन्छन् । सीआईबीले नासु खड्का, बस्नेत, वेदप्रकाश अग्रवाल, साहेवराव पाण्डुरङ मगर, अमृत कार्की, निर्मलकुमार बिक, दिपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापा तस्करीमा संलग्न भएको निस्कर्ष निकाल्छ । त्यसपछि अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं प्रतिवेदन बुँझाउँछ । अहिले दिपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापा फरार छन् । बाँकी सबै हिरासतमा छन् ।

    पूर्वसभामुख महरा भन्सारका सुब्बा खड्कासँग बारम्बार फोन सम्पर्कमा रहेको देखिन्छ । अर्थ, गृह, सञ्चारसहितका मन्त्रालयको नेतृत्व गरिसकेका महराले भन्सारका नासुसँग पटकपटक त्यही समयमा सम्पर्क गर्नुले गम्भीर प्रश्न खडा गरेको छ । उनीमात्र होइन उनका छोरा राहुलले पनि पटकपटक फोन सम्पर्क गरेको देखिएको छ ।  उनीहरूसँगै सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक र उनका नेपाली चालकको पनि सम्पर्क भएको देखिन्छ ।

    फोन सम्पर्कमा बारम्बार देखिएका महरा बाबुछोरा अहिलेसम्म अनुसन्धानमा तानिएका छैनन् । हिरासतमा रहेका भन्सार एजेन्ट दिनेश बस्नेतले सुन ९ किलो रहेका बयान दिएका छन् । त्यसकै आधारमा प्रहरीले ९ किलो नै सुन तस्करी भएको प्रतिवेदन बुझाएको छ ।

    यस्ताे छ घटना 

    पुस १० मा दुबईबाट आएर माघ २९ मा भन्सारको १११ नम्बर कोठामा थन्क्याइएको सुनबारे ०८० साल वैशाखमा मात्र सीआईबीमा उजुरी भएको देखिन्छ । अनुसन्धानका क्रममा नासु खड्काको निर्देशनमा उनका आफन्तहरू प्रेरणा थापा, गंगा थापा, समरबहादुर थापासमेतका नाममा बैंकमा पैसा जम्मा भएको देखिन्छ । त्यसमध्ये ३५ लाख उनले कसैले नसोधी जम्मा गरिदिएको भनेर राजस्व दाखिला गराइसकेका थिए । बाँकी ३० लाख मुद्दतीमा राखेकाले निकाल्न नसकेपछि उक्त खाता रोक्का भएको छ । 

    त्यसबाहेक तस्करीमा संलग्न दिनेश बस्नेतसहितको लगानी रहेको डेक्टर टुर्स एन्ड ट्राभल प्रालिको खातामा ८० लाख जम्मा गरेको पाइएको छ । यस्तै, दिनेशका ससुरा नाताका रामकेशव थापाका नाममा भक्तपुरको ठिमी नगरपालिका–१७ मा कित्ता नम्बर ९७३ को जग्गा दुई करोड ९५ लाखमा खरिद गरेको देखिएको छ । रामकेशवको कागजबाट समेत उक्त कुरा पुष्टि भएको भन्दै संगठित अपराध निवारण ऐनअनुसार कारबाही चलाउन सीआईबीले सिफारिस गरेका छ ।

    भन्सारका नासु खड्काले भने दिनेशले सुन ६ करोडमा बिक्री गरेको बताएको बयान दिएका छन् । 

    वैशाख २६ मा जाहेरी परेपछि सीआईबीले वैशाख ३१ बाट अनुसन्धान अघि बढाएको थियो । सीआईबीले प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत असार २७ गते मुद्दा दायर गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार