Sep 19 2024 | २०८१, असोज ३ गते

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी : पार्टी पार्टीजस्तो नभएकाे प्रचण्डले स्वीकारे

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी : पार्टी पार्टीजस्तो नभएकाे प्रचण्डले स्वीकारे

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी :  पार्टी पार्टीजस्तो नभएकाे प्रचण्डले स्वीकारे

    काठमाडौं । सत्तागठबन्धन घटक नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ ।

    images
    images

    एक वर्षपछि बसेको माओवादीको केन्द्रीय समिति लाईभ गर्ने भनिएपनि अन्तिममा आएर नेताहरुकाे विराेध पछि राेकिएकाे छ ।

    याे बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी छ ।

    अध्यक्ष प्रचण्डले पार्टी पार्टीजस्तो नभएकाले पुनर्निर्माणको अभियान थाल्नुपर्ने बताएका छन्। पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै यो बैठकबाट पार्टी पुनर्निर्माणको अभियान थाल्नुपर्ने बताए।

    उनले भने, ‘हामीसँग नेता कार्यकर्ताहरूको विशाल पङ्क्ति त छ तर पार्टी चाहिँ पार्टीजस्तो भइराखेको छैन। हामीले कम्युनिष्ट पार्टीको पुनर्निर्माणको अभियान यो बैठकबाट थाल्नु छ। मलाई विश्वास छ सबैले गम्भीरता र जिम्मेवारीका साथ पार्टी पुनर्निर्माणको अभियानको थालनी गर्ने विश्वास व्यक्त गर्छु।’

    बैठक ५ दिनसम्म चल्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार