Aug 11 2026 | २०८३, साउन २६ गते

कोशी प्रदेशमा सत्ता गठबन्धनबीच भागबण्डामा सहमती

कोशी प्रदेशमा सत्ता गठबन्धनबीच भागबण्डामा सहमती

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
  • कोशी प्रदेशमा सत्ता गठबन्धनबीच भागबण्डामा सहमती

    काठमाडौँ। कोशी प्रदेशमा सत्ता गठबन्धनबीच भागबण्डामा सहमती जुटेको छ। गठबन्धनको बैठकले नेपाली कांग्रेस, नेकपा (माओवादी) र नेकपा (एकिकृत समाजवादी)बाट एक–एक जना सरकारमा पठाउने सहमती भएको हो।

    images

    मंगबार नियुक्त मुख्यमन्त्री उद्धव थापाले आज साँझ ५ बजे सपथ लिँदैछन्। नेपाली कांग्रेस कोशी प्रदेशसभा प्रमुख सचेतक भुपेन्द्र राईले पहिलो चरणमा मुख्यमन्त्रीसहित चार जनाले शपथ ग्रहण गर्ने नेपालवाचलाई जानकारी दिए।

    जसमा माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगु र कांग्रेसबाट प्रदीप सुनुवारले शपथग्रहण गर्ने छन्। माओवादीका गौतमले मंगलबार मात्रै सत्ता गठबन्धनमा बहुमत पुगाउन सभामुखबाट राजीनामा दिएका थिए।

    सभामुखबाट राजीनामा दिएका गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालय दिइएको छ। नेकपा एसका जवेगुलाई भौतिक पूर्वाधार र कांग्रेसका सुनुवारलाई खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको प्रमुख सचेतक राईले बताए।

    उनकाअनुसार मुख्यमन्त्री थापाले विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने तयारी छ। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट