images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

नेपालमा एलिका ब्राण्डको पहिलो शोरुम

नेपालमा एलिका ब्राण्डको पहिलो शोरुम

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
  • नेपालमा एलिका ब्राण्डको पहिलो शोरुम

    चौधरी ग्रुपअन्तर्गत एलिका ब्रान्डको पहिलो एक्सक्लुसिभ  ब्रान्ड सप काठमाडौँको टेकुमा खोलिएको छ । एलिका पिबी व्हर्पुल किचेन अप्लाएन्सेस प्रा.लि. का  प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक प्रल्हाद भुताड र सि. जी. इलेक्ट्रोनिक्सका उपाध्यक्ष एस. सि. साबुको उपस्थितिमा बुधबार सोे शोरुमको उद्घाटन भएको हो ।

    images
    images
    images

    एलिका ब्रान्डसपमा  एलिका ब्रान्डको  चिम्नी, बिल्ट-इन ओभन, माइक्रोवेभ ओभन, डिसवासर, कुकिङ्ग रेन्ज, हब्स र कुक टप्स लगायत अन्य  विभिन्न घरायसी विद्युतीय सामाग्रीहरु रहेका छन् । यस  एलिका ब्रान्डसप  टेकुको  मुख्य व्यापारिक केन्द्रमा पर्दछ जहाँ निःशुल्क पार्किङ्गको पनि व्यवस्था रहेको छ ।

    काठमाडौँको  स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन,  बिक्री वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहक सेवा, उपयोग तथा विस्तृत जानकारी प्रदान गराउने उद्देश्य सहित यो शोरुम संचालन गरिएको छ । दक्ष तथा अनुभवी बिक्री प्रतिनिधिहरुबाट यहाँ भएका विद्युतीय सामग्रीहरुको पूणर् जानकारी पनि लिन सकिने छ । यो शोरुम हप्ताको सातै दिन बिहान १०ः०० बजे देखि बेलुका ०७ः३० बजेसम्म खुल्ला रहने बताइएको छ ।


    काठमाडौँको टेकुमा खोलिएको सो  एलिका ब्रान्डसपमा ओपेनिङ्गको बिशेष छुट, शुन्य प्रतिशत सरल किस्ताबन्दी, निःशुल्क जडानका साथसाथै प्रडक्ट लाइभ डेमो र प्रिभेन्टिभ मेन्टेनेन्स सर्भिसको पनि  व्यवस्था गरिएको छ । त्यसका साथै ग्राहक वर्गको आवश्यकता अनुसार निःशुल्क साइट भिजिटको पनि  व्यवस्था रहेको बताइएको छ ।

    यो सँगै काठमाडौँको टेकुमा खोलिएको यस एलिका ब्रान्डसप अब सि. जी. इलेक्ट्रोनिक्सको रिटेल चेन शोरुम अन्तर्गत २४ औं शाखा रहने छ र आगामी दिनमा अझै धेरै शाखाहरु देशका विभिन्न शहरमा बिस्तार गरिने पनि कम्पनीले जानकारी दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार