सिजीले ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४ नयाँ सिंगल डोर फ्रिज बजारमा ल्यायो
सिजीले ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४ नयाँ सिंगल डोर फ्रिज बजारमा ल्यायो
प्रविधिसहितका ४ नयाँ सिंगल डोर फ्रिज बजारमा ल्यायो
नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका चार नयाँ सिंगल डोर रेफ्रिजरेटर नेपाली बजारमा सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार नयाँ सार्वजनिक गरिएका मोडलहरू CGMS220DLRI, CGMS220DLBI, CGMS220LRI र CGMS220LBI हुन्। यी फ्रिजहरूको ग्रस क्षमता २०० लिटर तथा नेट क्षमता १९० लिटर रहेको छ। आधुनिक भान्साको सौन्दर्यलाई ध्यानमा राख्दै फ्रिजहरू लिफी वाइन र लिफी ब्लु लगायतका आकर्षक रङ तथा डिजाइनमा उपलब्ध छन्।
नयाँ मेरिडिया सिरिजका फ्रिजमा डिजिटल इन्भर्टर कम्प्रेसर जडान गरिएको छ। यसले विद्युत् खपत कम गर्न सहयोग गर्नुका साथै ११० भोल्टसम्मको कम भोल्टेजमा पनि सहज रूपमा सञ्चालन हुने कम्पनीले जनाएको छ।
त्यस्तै, फ्रिजमा तापक्रमलाई छिटो तथा प्रभावकारी रूपमा सन्तुलनमा राख्न टर्बो कुलिङ टेक्नोलोजी र एडभान्स क्यापिलरी कुलिङ टेक्नोलोजी समावेश गरिएको छ। फलफूल तथा तरकारीलाई लामो समयसम्म ताजा राख्न फार्म फ्रेसनेस प्रविधि र धेरै तरकारी एकैपटक भण्डारण गर्न सकिने जम्बो भेजिटेबल ट्रे समेत उपलब्ध छ।
नेपाली भान्साको व्यावहारिक आवश्यकतालाई ध्यानमा राख्दै CGMS220DLRI र CGMS220DLBI मोडलमा प्याज, आलु लगायतका सामग्री राख्न छुट्टै ड्राइ बास्केट उपलब्ध गराइएको छ। त्यस्तै, कम बजेटमा प्रिमियम लुक र डिजाइन खोज्ने ग्राहकलाई लक्षित गर्दै CGMS220LRI र CGMS220LBI मोडलमा आकर्षक एप्रोन बेस राखिएको कम्पनीले जनाएको छ।
सुरक्षित भण्डारणका लागि चारवटै मोडलमा लक एन्ड की सुविधा समेत समावेश गरिएको छ। कम्पनीका अनुसार आधुनिक प्रविधि, ऊर्जा बचत, आकर्षक डिजाइन र ग्राहकका व्यावहारिक आवश्यकतालाई एकै उत्पादनमा समेट्ने उद्देश्यले नयाँ फ्रिजहरू बजारमा ल्याइएको हो।
सिजीको प्रिमियम सिग्नेचर सिरिजका रूपमा रहेको 'मेरिडिया सिरिज' अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन र प्रिमियम अनुभवलाई संयोजन गर्ने उद्देश्यले विकास गरिएको कम्पनीले जनाएको छ। सिरिजले आधुनिक जीवनशैलीलाई थप सहज र सुविधायुक्त बनाउने लक्ष्य राखेको छ।
४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा सक्रिय सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र सेवामार्फत नेपाली उपभोक्तामाझ आफ्नो उपस्थिति स्थापित गरेको जनाएको छ।
नयाँ सिजी 'मेरिडिया सिरिजका' फ्रिजहरू देशभर रहेका २१ वटा सिजी डिजिटल शोरुम, कम्पनीका आधिकारिक वेबसाइट तथा सिजी ब्रान्डका उत्पादन उपलब्ध हुने आधिकारिक बिक्री केन्द्रहरूबाट खरिद गर्न सकिनेछ। बिक्रीपछिको सेवाका लागि कम्पनीले देशभर ४० वटा सेवा केन्द्रमार्फत सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
