Sep 19 2024 | २०८१, असोज ३ गते

पाथीभरामा पर्यटन सूचना केन्द्र भवन निर्माण हुने

पाथीभरामा पर्यटन सूचना केन्द्र भवन निर्माण हुने

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
  • पाथीभरामा पर्यटन सूचना केन्द्र  भवन निर्माण हुने

    ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा बहुउद्देश्यीय तथा पर्यटन सूचना केन्द्र भवन निर्माण हुने भएको छ । चालु आर्थिक वर्षका लागि सहरी विकास तथा भवन निर्माण विभागले बजेट विनियोजन गरेसँगै केन्द्र स्थापना हुने भएको हो ।

    images
    images

    फुङ्लिङ नगरपालिका–११ तल्लो फेदी पाथीभरा जाने पदर्मागको प्रवेशद्वार भएकाले उक्त स्थानमा सूचना केन्द्र स्थापना गर्दा पर्यटकलाई सहज हुने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । उनका अनुसार केन्द्र स्थापनाका लागि विभागमार्फत रू ३५ लाख रकम विनियोजन भएको छ । उनले भने, “रू पाँच करोड माग गरेका थियौँ, अहिले बजेट थोरै आए पनि क्रमागत रुपमा आउँछ ।” 

    पाथीभरा आउने धार्मिक पर्यटकलाई यहाँको महत्वका साथै यात्राका क्रममा आवश्यक पर्ने सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यले केन्द्र स्थापना गर्न लागिएको समितिले जनाएको छ । केन्द्र स्थापना भएसँगै ताप्लेजुङमा रहेका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलको एकै ठाउँबाट सूचना उपलब्ध हुनेछन् ।

    “समुद्र सतहबाट तीन हजार सात सय मिटरमा अवस्थित पाथीभरा प्रसिद्ध धार्मिकस्थल हो”, काफ्लेले भने, “यहाँ दैनिक हजारौँ दर्शनार्थी आउने भएकाले उनीहरुको सहजताका लागि सूचना केन्द्र स्थापनाको पहल थालेका हौँ ।” उनका अनुसार समितिमा एकै दिन २० हजारसम्मले पूजापाठ गरेको तथ्याङ्क छ । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार