Aug 11 2026 | २०८३, साउन २६ गते

मातृ मृत्यु घटाउन सबैको सहयोग आवश्यक छ : मुख्य सचिव

मातृ मृत्यु घटाउन सबैको सहयोग आवश्यक छ : मुख्य सचिव

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १८ २०८०
  • मातृ मृत्यु घटाउन सबैको सहयोग आवश्यक छ : मुख्य सचिव

    काठमाडौँ । मुख्य सचिव डा वैकुण्ठ अर्यालले मातृ मृत्यु घटाउन स्वास्थ्य क्षेत्रको पहलले मात्र नभएर सबैको सहयोग आवश्यक रहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘नेपालमा मातृ मृत्युदरको अवस्था र सरोकारवालाको भूमिका विषय उच्चस्तरीय नीति संवाद’मा उनले सबैको सहयोगले मातृ मृत्यु घटाउन सकिने बताए ।

    images

    उनले विगतको तुलनामा मातृ मृत्युदर निकै राम्रो उपलब्धि हासिल भएको भए पनि सन् २०३० सम्म  प्रतिलाख ७० जनामा पुर्याउन क्षेत्रगतरुपमा विशेष पहल गर्नुपर्ने, स्थानीय तहको क्षमता अभिवृद्धि तथा सहयोग गरिनुपर्ने बताए । मुख्यसचिव अर्यालले मातृ मृत्यु दर घटाउन स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए । मन्त्रालयले तयार परेको मातृ मृत्यु अध्ययनको मुख्य सार समेटिएको राष्ट्रिय तथा प्रादेशिक तथ्यगत सारको पनि उनले सार्वजनिक गरे।

    कार्यक्रममा मन्त्रालयका सचिव डा रोशन पोखरेलले मातृ मृत्यु घटाउन मन्त्रालयको प्रयास रहने भन्दै सम्बन्धित निकायसँग समन्वय र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा थप प्रयत्नशील रहेने प्रतिबद्धता व्यक्त गरे । मन्त्रालयका अतिरिक्त सचिव डा सङ्गीता कौशल मिश्राले मातृ मृत्यु अध्ययनको औचित्य, उद्देश्य, विधि तथा अध्ययनको मुख्य नतिजामाथि प्रकाश पारे । जसमा नेपालको मातृ मृत्युदर सन् २०२१ मा प्रतिलाख एक सय ५१ जनामा रहेको र दिगो विकास लक्ष्य प्राप्त गर्न सन् २०३० मा प्रतिलाख ७० जनामा झार्नुपर्ने छ । 

    स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले मातृ मृत्युदर मन्त्रालयले गुणस्तरीय स्वास्थ्यमा ध्यान दिएको बताए । कार्यक्रममा सहभागीले सरकारको १६औँ आवधिक योजना तर्जुमा गर्दा मातृमृत्युका बृहत् निर्धारकलाई उचित सम्बोधन गर्ने गरी रणनीति तथा कार्यक्रम निर्माण गर्नुपर्ने, राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई एम्बुलेन्स कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगिनुपर्ने, दक्ष जनशक्तिको उचित र शीघ्र व्यवस्थापन गरिनुपर्ने, सेवाको गुणस्तरमा थप पहल गरिनुपर्ने, विकासका सबै पहलमा स्वास्थ्यलाई केन्द्रविन्दुमा राखिनुपर्ने धारणा राखेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । 

    उनका अनुसार स्थानीय सरकारलाई आवश्यकताका आधारमा निर्दिष्ट सहयोग गर्नुपर्ने, वर्गीकृत तथ्याङ्कलाई सर्वसुलभ उपलब्ध गराइनुपर्ने, सबै तहमा सरोकारवालाबीच समन्वय गरिनुपर्नेजस्तामा विषयमा उनिहरुले जोड दिए । कार्यक्रममा विकास साझेदार निकायका प्रतिनिधिले सरकारले स्वास्थ्य क्षेत्र र विशेष गरी मातृमृत्यु घटाउन गरेका पहलको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा राष्ट्रि«य तथ्याङक कार्यालय, राष्ट्रिय योजना आयोग, प्रादेशिक स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका सचिव, विभिन्न मन्त्रालयका उच्च अधिकारीको सहभागी रहेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट