Sep 19 2024 | २०८१, असोज ३ गते

सन्दर्भ : निलो बस !

सन्दर्भ : निलो बस !

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १८ २०८०
  • सन्दर्भ : निलो बस !


    आजकल हाम्रो समाजमा हरेक कुराको विरोध नगरी खाएको हजम नहुने प्रचलन आइसकेको हुनाले "निलो बस" को पनि विरोध नहुने कुरै भएन ।

    images
    images

    विश्वको धेरै विकसित मुलुकहरूमा महिला तथा ज्येष्ठ नागरिकहरूको लागी निशुल्क यातायात सुविधा सेवा उपलब्ध भएको कुनै नौलो होइन ।

    २५ वर्ष पहिले मेलम्चीको पानी काठमाडौँ ल्याउँछौ भन्दा नेता बहुलायो भनेर विरोध भएकै हो, अहिले मेलम्चीको पानीको सपना लगभग साकार हुने अवस्थामा आइसक्यो ।

    त्यसैगरी पानी जहाजको कुरा पनि गजबैले उडाइयो तर स्टिमरसम्म भए पनि आई त पुग्यो, सुरुङमार्गको कुरा हुँदा खित्का छोडेर हास्ने पनि हामी नै हो, मेट्रो र मोनोरेलको कुरामा पनि हामीले जमेरै कुरा उडाएकै हो, तर बुझ्नु पर्ने कुरा के हो भने हामीसँग बोल्ने बितिक्कै बोलेको कुरा पुरा गर्ने कुनै जादुको छडी छैन, मुख्य कुरा भिजनको हो, कसै न कसैले त त्यो भिजन देख्नु पर्‍यो नि । सपना देखे पो पुरा गर्ने तर कदम बढाइन्छ त।

    इतिहासमा असम्भव भनिएको चन्द्रमामा मान्छेले पाइला टेकिसक्यो, मंगलग्रह जाने तैयारी चल्दैछ, तर हामी उही "निलो बस" को पछाडि दौडिरहेका छौ । २५ वर्ष पहिले एकजोर फेर्ने लुगा र हात्तीछाप फित्ते चप्पल लगाएर काठमाडौं छिरेका नेताहरूको आज काठमाडौमै महल , कतिले त विदेशमा समेत सम्पत्ति जोडिसके, फोकटमा त्यो "निलो बस" को विरोध गर्नुको सट्टा तपाईँहरूले पनि "रातो, हरियो, पहेँलो, सेतो, टाटेपाङ्रे" रङको बसहरु निशुल्क चलाउन आफ्नो नेताहरूलाई भन्नुस् न बरु, अनि हाम्रो पनि गाउँठाँउमा निशुल्क बस चल्यो भने हाम्रै चेलीबेटीले चढ्ने त हो । 

    –धर्मराज भुसाल

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार