Sep 19 2024 | २०८१, असोज ३ गते

क्वीन्टल सुन तस्करी प्रकरण : एमालेले राष्ट्रियसभा बैठक अवरोध गर्‍यो

क्वीन्टल सुन तस्करी प्रकरण : एमालेले राष्ट्रियसभा बैठक अवरोध गर्‍यो

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १८ २०८०
  • क्वीन्टल सुन तस्करी प्रकरण : एमालेले राष्ट्रियसभा बैठक अवरोध गर्‍यो

    काठमाडौं । क्वीन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले राष्ट्रियसभा बैठक अवरोध गरेको छ।

    images
    images

     बैठक सुरू हुनेवित्तिकै एमाले सांसद देवेन्द्र दाहालले उच्चस्तरीय छानबिन समिति नबनाएसम्म बैठक अगाडि बढ्न नदिने चेतावनी दिए।

    उनले सुन तस्करी प्रकरणमा एमाले टु्लुटुलु हेरेर बस्न नसक्ने बताए। एमाले सांसदहरूले अवरोध जारी राखेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यस विषयमा सरकारको ध्यानाकर्षण गराउने भन्दै बैठक संचालनमा सहयोग गर्न आग्रह समेत गरे।

    पटक पटक आग्रह गर्दा पनि  एमाले सांसदहरूले आफ्नो अडान नछोडेपछि अध्यक्ष तिमिल्सिनाले बैठक साउन २२ गते सोमबार सम्मका लागि स्थगित गरेको जानकारी दिए।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार