images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

प्रयोगशाला सञ्चालनका लागि बजेट माग

प्रयोगशाला सञ्चालनका लागि बजेट माग

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १८ २०८०
  • प्रयोगशाला सञ्चालनका लागि बजेट माग

    कर्णाली । कर्णाली प्रदेश सरकारले पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सञ्चालनका लागि सङ्घीय सरकारसँग बजेट माग गरेको छ । प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालसँग आज मन्त्रालयमा बजेट अभावका कारण प्रयोगशाला सञ्चालन हुन नसकेको जानकारी गराउँदै  बजेट माग गरेका हुन् ।

    images
    images
    images

    मन्त्री भुसालसँग उनले मुलुकभरि अत्यधिक रुपमा फैलिएको ‘लम्पी स्किन’ सङ्क्रमणको रोकथाम तथा नियन्त्रणबारे ध्यानाकर्षण गराएका थिए ।

    “लम्पी स्कीन रोग कर्णालीमा नियन्त्रणभन्दा बाहिर जाँदै गर्दा प्रयोगशाला बन्द छ । यसलाई जतिसक्दो छिटो सञ्चालन गर्नुपर्छ भन्ने विषयमा प्रदेश सरकारको गम्भीर ध्यानाषर्कण भएको छ”, मन्त्री शर्माले भने, “यसलाई तत्काल सञ्चालनमा ल्याउनुपर्ने भएकाले आवश्यक बजेट व्यवस्था गर्न अनुरोध गर्दछु ।”

    भेटमा मुलुकभरी फैलिएको लम्पी स्किन रोगले पारेको क्षति र यसका असरका विषयमा सङ्घीय सरकार गम्भीर रहेको मन्त्री भुसालले बताए । उनले भने, “सङ्क्रमण फैलिरहेका बेला प्रयोगशाला बन्द हुनु गम्भीर समस्या हो । प्रयोगशाला पुनःसञ्चालन गर्नका लागि बजेट व्यवस्थापनलगायत आवश्यक काम अगाडि बढाइन्छ ।”

    मन्त्रालयको पशुसेवा विभागअन्तर्गत रहेका प्रयोगशाला सञ्चालनका सम्बन्धमा सरोकारवाला निकायसँग छलफल नगरी अर्थ मन्त्रालयले बजेट सार्वजनिक गरेपछि मातहतका कार्यालयले असन्तुष्टि पोखेका छन् । 

    केही दिनअघि अर्थ मन्त्रालयले प्रयोगशालाबाट कुनै पनि आर्थिक क्रियाकलाप नगर्न परिपत्र जारी गरेपछि त्यसअन्तर्गत विराटनगर, जनकपुर, पोखरा, सुर्खेत र धनगढीमा रहेका प्रयोगशाले साउन १५ गतेदेखि सेवा प्रवाह गर्न नसकिने सूचना जारी गरेका छन् ।

    पशुपन्छीमा लाग्ने रोगको निदान, नियमित प्रयोगशाला सञ्चालन, रोगको नियन्त्रणका लागि आवश्यक कार्य, खोप वितरण तथा व्यवस्थापनलगायत काम रोकिएकाले प्रदेश सरकारले प्रयोगशाला सञ्चालनको पहललाई तीव्र बनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार