Sep 19 2024 | २०८१, असोज ३ गते

ललिता निवास प्रकरण: जमानीमा छुटे २ जना, खेतानले जग्गा फिर्ता गर्ने 

ललिता निवास प्रकरण: जमानीमा छुटे २ जना, खेतानले जग्गा फिर्ता गर्ने 

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १८ २०८०
  • ललिता निवास प्रकरण: जमानीमा छुटे २ जना, खेतानले जग्गा फिर्ता गर्ने 

    काठमाडौं । ललिता निवास प्रकरण पक्राउ परेकामध्ये दुई जना जमानीमा छुटेका छन् । समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतान बुधबार जमानीमा छुटेका हुन् ।

    images
    images

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसएसपी दिनेशकुमार आचार्यका अनुसार पोखरेलको स्वास्थ्य अवस्था ठिक नभएकाले र सरकारी जग्गा हडप्ने प्रक्रियामा खेतानको भूमिका नदेखिएकाले छाडिएको हो ।

    खेतान जग्गा फिर्ता गर्न तयार छिन् । उनको नाममा करिब ८ आना जग्गा छ । जग्गा उनको नाममा देखिएकाले हिरासतमा राखिएको र अरू अपराधमा संलग्न नदेखिएकाले जग्गा फिर्ता गर्ने निवेदनका आधारमा खेतानलाई छाडेको आचार्यले बताए ।

    सीआईबीको हिरासतमा अझै २० जना छन् । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, धर्मप्रसाद गौतम, समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे, नक्कली मोही देवनारायण महर्जन, तत्कालीन नापी अधिकृत ध्रुव अर्याल, गोपाल कार्कीलगायत सीआईबीको हिरासतमा छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार