Sep 19 2024 | २०८१, असोज ३ गते

वृद्ध गुरुङद्वारा नेत्रहीन सङ्घलाई जग्गादान

वृद्ध गुरुङद्वारा नेत्रहीन सङ्घलाई जग्गादान

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
  • वृद्ध गुरुङद्वारा नेत्रहीन सङ्घलाई जग्गादान

    तनहुँ । तनहुँको व्यास नगरपालिका–५ पाटनका केबी गुरुङले तनहुँ नेत्रहीन सङ्घलाई जग्गादान गरेका छन् । नब्बे वर्षीय गुरुङले करिब रु २५ लाख मूल्यको चार आना दुई दाम जग्गा उपलब्ध गराएका हुन् ।

    images
    images

    सङ्घलाई एक वर्षअघि नै जग्गादान गर्न चाहे पनि अस्वस्थ्य भएका कारण ढिला भएको उनले बताए । व्यास–५ पाटनका गुरुङ कृषि अधिकृत पदको जागिर छाडेर बागवानी विकासमा लागेका छन् । आठ वर्षसम्म अधिकृत पदमा काम गरेका उनले जागिर छाडेर आफ्नै बागवानी कृषि फार्म सञ्चालन गरेका छन् । करिब एक सय रोपनी क्षेत्रफलमा गुरुङले आँप, लिची, सुन्तला, एभोकाडोलगायत फलफूलखेती गर्दै आएका छन् । उनि मिर्गौला रोगबाट पीडित छन् । 

    जग्गा प्राप्त भएपछि नियमित कार्यालय सञ्चालन र तालिम केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको सङ्घका संस्थापक अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिए । “तीनवटै सरकार तथा अन्यबाट आर्थिक स्रोत जुटाएर भवन निर्माणको योजना छ”, उनले भने । हाल तनहुँ नेत्रहीन सङ्घमा ७० जना आबद्ध छन् । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार