Sep 19 2024 | २०८१, असोज ३ गते

रास्वपाको केन्द्रीय विभागमा बस्न स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने

रास्वपाको केन्द्रीय विभागमा बस्न स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
  • रास्वपाको केन्द्रीय विभागमा बस्न स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने

    काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोकेको छ।

    images
    images

    पार्टीको केन्द्रीय समिति बैठकले सो पदका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने वा सम्बन्धित विभाग अनुसारको क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव हुनुपर्ने अथवा असाधारण क्षमता भएको हुनुपर्ने योग्यता तोक्ने निर्णय गरेको हो।

    यस्तै प्रदेश समितिका पदाधिकारी र सदस्यको लागि स्नातक उत्तीर्ण हुनुपर्ने मापदण्ड बनाइएको छ। स्नातक उत्तीर्ण नभए सम्बन्धित विभाग अनुसारको क्षेत्रमा ५ वर्षको अनुभव वा असाधारण क्षमता भएको हुनुपर्ने मापदण्ड बनाइएको छ।

    स्थानीय तहका विभाग प्रमुखका लागि कम्तीमा १२ कक्षा उत्तीर्ण वा विभाग अनुसारको क्षेत्रमा दुईवर्षे अनुभव वा असाधारण क्षमता हुनुपर्ने मापदण्ड तोकिएको रास्वपाले जनाएको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्गठनात्मक ढाँचामा केन्द्रीय समिति, प्रदेश समिति, पालिका समिति र वडा समिति छन् । यी सम्बन्धित तहमा राजनीतिक प्रकृतिका हुन् र यी समितिको सदस्य हुन चाहिने मापदण्ड भनेको भेला वा अधिवेशनबाट निर्वाचित हुनु हो । यसमा पार्टी सदस्य बाहेक अन्य मापदण्ड नतोकिएको  रास्वपाले जनाएकाे छ।

    रास्वपाले स्पष्ट पार्दै भनेकाे छ...

    केन्द्रीय समिति अन्तर्गत रहने गरि केन्द्रीय विभागहरू, प्रदेश समिति अन्तरगत रहने गरि प्रदेश विभागहरू र पालिका समिति अन्तरगत रहने गरि पालिका विभागहरू छन् ।

    यि विभागहरू विषयअनुसार छन् र पार्टीलाई आवश्यक विज्ञताका लागी यी विभागहरू गठन भएका हुन् । कुल ३६ वटा विभागहरू छन् - केहि उदाहरण : अर्थ नीति विभाग, शिक्षा विभाग, स्वास्थ्य विभाग, कृषि विभाग आदि । अर्थ नीति विभागले देशलाई आवश्यक अर्थ नीति कस्तो हुनपर्छ भनेर पार्टीको नीति बनाउँछ, त्यस्तै शिक्षा, स्वास्थ्य विभागले पनि पार्टीको तर्फबाट सम्बन्धित क्षेत्रमा काम गर्छन् ।

    केन्द्रीय विभागको सदस्य र प्रदेश विभागको प्रमुख हुनका लागी तोकिएको योग्यता :
    १. मास्टर्स डिग्रि अध्ययन गरेको हुन पर्ने ।
    २. मास्टर्स डिग्रि नभए सम्बन्धित क्षेत्रमा १० वर्ष अनुभव रहेको हुनपर्ने ।
    ३. मास्टर्स डिग्रि नभए र अनुभव पनि नभए सम्बन्धित क्षेत्रमा असाधारण सफलता हासिल गरेको हुनपर्नेछ ।

    मानिलिऔँ, तपाईं कृषि विभागमा बसेर काम गर्न चाहनुहुन्छ भने, कृषि क्षेत्रमा मास्टर्स डिग्रि गरेको हुनपर्छ । पढेको हुनुहुन्न भने किसानको काम गरेको १० वर्ष बढी हुनपर्छ वा यसमा केहि असाधारण काम गरेको हुनपर्छ ।

    त्यस्तै प्रदेश विभागको सदस्य र पालिका विभाग प्रमुख हुनका लागी स्नातक (Bachelor) डिग्रि वा ५ वर्ष अनुभव वा असाधारण सफलता हासिल गरेको हुनपर्छ । त्यस्तै पालिका विभाग सदस्यका लागी १२ पास वा २ वर्ष अनुभव वा असाधारण सफलता हासिल गरेको हुनपर्छ ।

    कि त पढेर जानेको मान्छे , कि त परेर जानेको मान्छे, कि त असाधारण क्षमता हासिल गरेको मान्छे विभागहरूमा भए भने देशको लागी आवश्यक नीति निर्माणमा सहज हुन्छ र देशलाई समृद्धिको यात्रामा डोर्याउन सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार