images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

हुन्डाईको ‘ह्विल्स अफ चेन्ज’ : जुनसुकै ब्रान्डको गाडी इन्धन र ईभीसँग साट्न मिल्ने

हुन्डाईको ‘ह्विल्स अफ चेन्ज’ : जुनसुकै ब्रान्डको गाडी इन्धन र ईभीसँग साट्न मिल्ने

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
  • हुन्डाईको ‘ह्विल्स अफ चेन्ज’ : जुनसुकै ब्रान्डको गाडी इन्धन र ईभीसँग साट्न मिल्ने

    काठमाडौं । हुन्डाई नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘ह्विल्स अफ चेन्ज’ नामक एक्सचेञ्ज अफर सार्वजनिक गरेको छ ।

    images
    images
    images

    साउन १८ गतेबाट हुन्डाई नेपालअन्तर्गत हुन्डाई प्रमिसको सहकार्यमा पाँच प्रतिष्ठित कार एक्सचेन्ज बिक्रेतासँगको मिलेर अफर ल्याएको कम्पनीले बताएको छ ।

    आफ्नो कुनै पनि ब्रान्डको गाडी ल्याएर हुन्डाईको उत्कृष्ट, गुणस्तरीय र विश्वसनीय इन्धनयुक्त वा विद्युतीय गाडी (ईभी)सँग एक्सचेञ्ज गर्न सकिने कम्पनीले जनाएको छ । 

    हुन्डाईले आफ्ना ग्राहकहरुको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राखी यो योजना ल्याएको बताएको छ ।

    योजनाका लागि कम्पनीले काठमाडौं अटोमोबाइल सेन्टर, बाबा बसेरा अटो ग्रुप, आर के अटो सेन्टर, श्रेया अटो इन्टरप्राइजेज् र रेसिङ्ग अटोमोबाइल इन्टरप्राइजेज् गरी पाँच प्रतिष्ठित एक्सचेञ्ज पार्टनर्सहरुसँग सहकार्य गरेको छ ।

    नेपालभरि नै लागु हुने यो योजनाले देशभर रहेका शोरुमबाट उपभोक्तालाई सेवा दिने कम्पनीले बताएको छ । योजनाअन्तर्गत हुन्डाईका विभिन्न उपलब्ध मोडलमा पाँच लाखसम्मको नगद छुट, एक लाख ५० हजारसम्मको एक्सचेञ्ज बोनस र २५ हजार रुपैयाँसम्मको एसेसरिज पनि प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

    एक्सचेञ्ज पार्टनर र हुन्डाई शोरुममा गएर हुन्डाई गाडीको टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरु पनि जित्न सकिनेछ ।

    शोरुममै तत्काल पुरानो गाडीको मूल्यांकन गरी छिटो छरितो तरिकाले एक्सचेञ्ज गर्न सकिने कम्पनीले जनाएको छ । हुन्डाईका कम्प्याक्ट एसयूभी, एसयूभी, ईभी तथा ह्याचब्याकमध्येबाट आफ्नो रोजाइ छनोट गर्न सकिने कम्पनीले जनाएको छ । सबैै हुन्डाईका गाडीमा तीन वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ्ग उपलब्ध छ ।

    लक्ष्मी इन्टरकन्टिनेन्टलले देशभरका १७ शोरुम, १९ सर्भिस सेन्टर र ४३ चार्जिङ्ग पोइन्टमार्फत सेवा दिइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार