Aug 12 2026 | २०८३, साउन २७ गते

भेस्पा र अप्रिलिया स्कुटरले ल्यायो मनसुन स्किम

भेस्पा र अप्रिलिया स्कुटरले ल्यायो मनसुन स्किम

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
  • भेस्पा र अप्रिलिया स्कुटरले ल्यायो मनसुन स्किम

    काठमाडौं। भेस्पा र अप्रिलिया स्कुटरको नयाँ आधिकारिक बिक्रेता भिमसरिया ग्रुपअन्तर्गतको डेल्टा अटोकर्पले आफ्नो स्कुटरमा ‘मनसुन स्किम’ ल्याएको छ। कम्पनीले ल्याएको उक्त स्किममा दुबै ब्रान्डका कुनै पनि स्कुटर किन्दा १० हजार रुपैयाँ छुट पाइने कम्पनीले जनाएको छ।

    images

    फाइनान्समार्फत खरिद गर्न चाहने ग्राहकका लागि ५ प्रतिशत फाइनान्स सुविधामा कर्जा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ। यी दुई ब्रान्डका स्कुटर किन्दा विभिन्न छुटका साथै अन्य सुविधा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।

    पुरानो ब्रान्डको कुनै पनि मोटरसाइकल वा स्कुटरसँग एकसचेन्ज गर्न चाहने ग्राहकका लागि सो मोटरसाइकल वा स्कुटरमा १० हजार रुपैयाँ थप मूल्यांकन उपलब्ध हुने कम्पनीले जनाएको छ।

    भेस्पा र अप्रिलिया स्कुटरका साथमा कम्पनीले निःशुल्क ब्रान्डेड हेल्मेट समेत उपलब्ध गराउँदै आएको छ।

    नेपालमा हाल डेल्टा अटोकर्पले भेस्पाका ९ भेरिएन्ट र अप्रिलियाका ५ भेरिएन्टका स्कुटर बिक्री गरिरहेको छ। भेस्पा स्कुटरको मूल्य ३ लाख १ हजार ९४६ देखि ४ लाख ४४ हजार ४४६ रुपैयाँसम्म छ। अप्रिलिया स्कुटरको मूल्य २ लाख ७८ हजार ९०० देखि ४ लाख ६५ हजार रुपैयाँ सम्म रहेको कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट