Sep 19 2024 | २०८१, असोज ३ गते

एम्बुलेन्स फिर्ता गरेपनि रास्वपाकाे ‘मोबाइल क्लिनिक’ सेवा जारी

एम्बुलेन्स फिर्ता गरेपनि रास्वपाकाे ‘मोबाइल क्लिनिक’ सेवा जारी

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
  • एम्बुलेन्स फिर्ता  गरेपनि  रास्वपाकाे ‘मोबाइल क्लिनिक’  सेवा जारी

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा सञ्चालनमा ल्याएको ‘मोबाइल क्लिनिक’को एम्बुलेन्स फिर्ता गरेको छ तर याे सेवालाई रास्वपाले जारी राखेकाे छ । ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भनेर सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स कलेज अफ मेडिकल साइन्स, भरतपुर चितवन (पुरानो मेडिकल कलेज) भरतपुरलाई नै फिर्ता गरेकाे र अहिले नयाँ एम्बुलेन्समार्फत सेवा जारी राखिएकाे रास्वपाका नेताहरुले बताएका छन ।

    images
    images

    गैरकानूनी रूपमा रंग परिवर्तन गरेको ‘मोबाइल क्लिनिक’ लेखेको भन्दै विवादमा परेको थियो । विवादपछि एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फिर्ता गरिएको रास्वपा बागमती स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख डा. मनोहर प्रधानले बताए । अब अर्को भ्यानको व्यवस्था गरेर मोबाइल क्लिनिकको रूपमा चलाइएकाे उनको भनाई छ ।

    विसं. २०६९ मा भारत सरकारले पुरानो मेडिकल कलेजलाई सहयोगस्वरूप दिएको थियो ।  नियमानुसार लाग्ने भन्सार तथा करमा नेपाल सरकारले कर छुट दिएको एम्बुलेन्स नियम अनुसार अहिले पत्रु बनाउनुपर्ने हो ।  

    रास्वपा सभापति रवि लामिछाने चितवन २ बाट विजयी भएको एक सय दिन पुगेको अवसरमा पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई निलो रंगको बनाएर यही साउन १७ गतेदेखि मोबाइल क्लिनिक सञ्चालनमा ल्याएको घोषणा गरेका थिए । फिर्ता गरिएसँगै उक्त एम्बुलेन्सलाई पहिलाकै रंगमा बदल्न भन्दै वर्कसपमा पठाइएको छ ।

    मोबाइल सेवा अवरुद्ध नहुने

    मोबाइल सेवा भने एक दिन पनि अवरुद्ध हुन नदिएको उनको भनाइ छ । बरालका अनुसार ५ दिनका लागि भनेर एउटा एम्बुलेन्स भाडामा लिएर पठाइएको छ ।  

    पार्टीले दीर्घकालका लागि अर्को गाडी ल्याउने सोच बनाएकाले तत्कालका लागि यो व्यवस्था गरिएको रविको सचिवालयका एक उच्च अधिकारीले जानकारी दिए ।

    एम्बुलेन्समा एकजना डाक्टर र एकजना नर्स रहन्छन् । रविको सचिवालयले दैनिक सेड्यूल बनाएर मोबाइल क्लिनिकलाई विभिन्न वडाहरूमा पठाउने गरेको छ । यसले ६५ वर्षमाथिका वृद्ध वृद्धालाई निशुल्क सेवा दिन्छ ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार